क्युबालाई आफ्नो नियन्त्रणमा लिने राष्ट्रपति ट्रम्पको संकेत
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले क्युबालाई अमेरिकाले नियन्त्रणमा लिन सक्ने बताएका छन्।
- ट्रम्पले क्युबाको वर्तमान अवस्था संकटपूर्ण रहेको र त्यहाँको शासन पतनको संघारमा रहेको टिप्पणी गरे।
- अमेरिकाले क्युबामाथि आर्थिक र कूटनीतिक दबाब बढाएको छ, जसका कारण दुई देशबीचको सम्बन्ध तनावपूर्ण बनेको छ।
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टापु राष्ट्र क्युबालाई अमेरिकाले आफ्नो नियन्त्रणमा लिन सक्ने बताएका छन्। ह्वाइट हाउसको चौरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले क्युबासँगको ‘मैत्रीपूर्ण नियन्त्रण’ को सम्भावना औंल्याएका हुन्।
इरान र क्युबा जस्ता देशहरूमा नयाँ सरकार हेर्न चाहेको अभिव्यक्ति दिँदै उनले क्युबाको वर्तमान अवस्था निकै संकटपूर्ण रहेको दाबी गरे। ट्रम्पका अनुसार क्युबा सरकार अहिले अमेरिकासँग संवादमा छ र उनीहरू ठूलो समस्यामा फसेका छन्।
क्युबासँग पैसा, तेल र खानाको चरम अभाव रहेको उल्लेख गर्दै ट्रम्पले त्यहाँको शासनसत्ता पतनको संघारमा रहेको टिप्पणी गरे। उनले क्युबाली मूलका अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यस मामिलामा उच्च स्तरमा काम गरिरहेको र क्युबाली जनताले अमेरिकी सहयोगको अपेक्षा गरिरहेको बताए।
पछिल्लो समय अमेरिकाले क्युबामाथि आर्थिक र कूटनीतिक दबाबलाई तीव्र बनाएको छ। विशेष गरी गत जनवरीमा भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोलाई लक्षित गरी गरिएको सैन्य कारबाहीपछि दुई देशबिचको तनाव उत्कर्षमा पुगेको हो।
सो कारबाहीमा ३२ जना क्युबाली सैनिकको मृत्यु भएको थियो। त्यसयता ट्रम्पले क्युबा जाने तेल र आर्थिक स्रोतमा कडा प्रतिबन्ध लगाएका छन्, जसका कारण त्यहाँको ऊर्जा प्रणाली ध्वस्त हुने अवस्थामा पुगेको छ।
संयुक्त राष्ट्रसङ्घका मानव अधिकार विज्ञहरूले भने ट्रम्पको यस कदमलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन र आर्थिक जबरजस्तीको चरम रूप भनेका छन्। तर, ट्रम्प प्रशासनले आफ्नो दोस्रो कार्यकालको सुरुदेखि नै ‘बढ्दो राष्ट्र’ को अवधारणा अघि सार्दै अमेरिकी प्रभाव र क्षेत्र विस्तार गर्ने नीति लिँदै आएको छ।
ट्रम्पले आफ्नो यस विस्तारवादी सोचलाई ‘डनरो डक्ट्रिन’ को नाम दिएका छन्, जसअन्तर्गत उनले गाजा, भेनेजुएला, ग्रीनल्याण्ड र क्यानडा जस्ता क्षेत्रहरूमा अमेरिकी नियन्त्रण वा प्रभाव बढाउने इच्छा व्यक्त गरिसकेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेल पक्राउविरुद्ध एमालेले संसद्मा सशक्त प्रतिवाद गर्ने
-
इजलासमा वरिष्ठ अधिवक्ता काेइरालाकाे प्रश्न : व्यक्तिगत अधिकारमाथि धावा बोल्न मिल्छ ?
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण