लैङ्गिक समावेशितामा निर्वाचन आयोग कहिल्यै चुक्दैनः आयुक्त तुलाधर
काठमाडाैँ । निर्वाचन आयोगले लैङ्गिक समावेशिता सम्बन्धी नीति कार्यान्वयन गर्दै निर्वाचन प्रक्रियाका प्रत्येक चरणमा महिला सहभागितालाई प्राथमिकतामा राखेको छ । संविधान र कानूनले निर्देशित गरे बमोजिम समावेशी निर्वाचन गराउन राजनीतिक दल, मतदान केन्द्र तथा आयोगमा लैगिक सम्पर्क व्यक्ति तोकेको छ ।
आयोगका आयुक्त डाक्टर जानकीकुमारी तुलाधरले संविधान र कानूनले निर्देश गरे बमोजिम आयोग लैङ्गिक समावेशी निर्वाचन गराउन सदैव प्रतिवद्ध रहेको बताइन्। आयुक्त डाक्टर तुलाधरले निर्वाचन आयोगले प्रत्येक राजनीतिक दललाई निर्वाचन सम्पर्क व्यक्तिको रूपमा महिलालाई नै पठाउन पनि अनुरोध गरेको पनि स्पष्ट पारिन् ।
आयोगको पहलका कारण अहिले अधिकांश दलहरूमा महिला नै सम्पर्क व्यक्तिको रूपमा रहेको पनि उनले बताइन् । ६ हजार ७ सय ४३ वटा मतदान केन्द्रमा सूचना सम्पर्क स्थापित गर्नेगरी आयोगले ७ सय ५३ वटै स्थानीय तहमा लैङ्गिक सम्पर्क व्यक्ति तोकेको डाक्टर तुलाधरले बताइन् ।
उनले मतदान केन्द्रहरुलाई पनि महिला तथा अपाङ्गता मैत्री बनाउनेमा आयोग सचेत अनि गम्भीर रहेको स्पष्ट पारिन् । फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तीन जना मुख्य निर्वाचनअधिकृत र १८ जना निर्वाचन अधिकृत गरी २१ जना महिला निर्वाचन अधिकृत खटिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण