सरकार कब्जा गर्न इरानीहरूलाई ट्रम्पको आह्वान
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोानल्ड ट्रम्पले इरानी जनता र सुरक्षा बलहरूलाई आफ्नो देशको धार्मिक नेतृत्व अन्त्य गर्न आह्वान गरेका छन् ।
उनले भिडियो सन्देशमा भने, ‘जब हामीले आफ्नो काम सक्नेछौं, तपाईहरू आफ्नो सरकार कब्जा गर्नुस् । यो तपाईंको पुस्ताका लागि सम्भवतः एक मात्र मौका हुनेछ ।’ साथै, ट्रम्पले इरानी सुरक्षा बलका सदस्यहरूलाई हतियार राखेवापत उनीहरूलाई रक्षाको ग्यारेन्टी दिइने होइन भने मृत्युको सामना गर्नुपर्ने चेतावनी दिएका छन् ।
जनता र मानवअधिकार समूहका अनुसार जनवरीको सुरुवाती दिनहरूमा इरानी सुरक्षा बलहरूले देशव्यापी विरोध प्रदर्शनमा कडा कारबाही गर्दै कम्तीमा ६ हजार ४८० जनाको मृत्यु गराएको थियो ।
ट्रम्पले त्यसबेला जिम्मेवारहरूले ठूलो मूल्य तिर्नुपर्ने चेतावनी दिएका थिए र प्रदर्शनकारीहरूलाई सहायता आइरहेको बताए । तर केही दिनपछि राष्ट्रपति ट्रम्पले इरानी सरकारबाट हत्या रोकिने सुनिश्चितता पाएको जानकारी दिए र आफ्नो ध्यान देशको आणविक कार्यक्रमतर्फ मोडिएको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
-
बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन
-
साढे १३ लाखभन्दा बढी पुगे व्यावसायिक फर्म, सात वर्षमा सवा ४ लाख थपिए
-
रास्वपा महाधिवेशन: प्रतिनिधि कार्ड वितरणमा ढिलाइ भएपछि बन्द सत्र स्थगित
-
इजरायल केयरगिभर भाषा परीक्षा विवादमा, आन्दोलन गर्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण