इरानमाथि आक्रमण गरेपछि कूटनीति झन् सजिलो भयाे: ट्रम्प
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमाथि सैन्य आक्रमणपछि कूटनीतिक समाधानमा पुग्न सजिलो भएको बताए।
- विश्लेषकहरूले अमेरिकाको कदमले कूटनीतिक विश्वसनीयता कमजोर बनाएको टिप्पणी गरेका छन्।
- ट्रम्पले इरानको जवाफी कारबाही कमजोर रहेको र दबाबमा परेको बताए।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सैन्य आक्रमणपछि कूटनीतिक समाधानमा पुग्न अब झन् सजिलो भएको दाबी गरेका छन् । इरानको आणविक कार्यक्रमसम्बन्धी वार्ता चलिरहेकै बेला अमेरिकाले दुई पटक आक्रमण गरेको भन्दै धेरै विश्लेषकहरूले यस कदमले वासिङ्टनको कूटनीतिक विश्वसनीयता कमजोर बनाएको टिप्पणी गरेका छन् ।
तर सीबीएस न्यूजसँग कुरा गर्दै ट्रम्पले अमेरिका अहिले इरानसँग कूटनीतिक सहमतिमा पुग्न पहिलेभन्दा राम्रो अवस्थामा रहेको बताए ।
‘स्पष्ट रूपमा हिजोभन्दा अहिले धेरै सजिलो भएको छ,’ उनले भने, ‘किनभने उनीहरू नराम्ररी दबाबमा छन् ।’ ट्रम्पले इरानको जवाफी कारबाही—इजरायल र क्षेत्रभरिका अमेरिकी सैन्य अड्डामाथिका आक्रमण—अपेक्षाभन्दा कमजोर रहेको पनि दाबी गरे । ‘हामीले सोचेकोभन्दा कम भयो,’ उनले भने, ‘हामीले त यो झन् दोब्बर हुने अनुमान गरेका थियौँ ।’
क्षेत्रीय तनाव अझै उच्च अवस्थामा रहेको र आगामी कूटनीतिक प्रयासहरू कसरी अघि बढ्छन् भन्ने विषयमा अन्तर्राष्ट्रिय चासो भने बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकले पोखराका होटल भरिभराउ
-
दुई दशकदेखि बन्द हेटौँडा कपडा उद्योग ब्युँताउन पहल
-
बिरामीले सोधेः डाक्टरसाप, क्यान्सर निको भएपछि गर्भधारण गर्न मिल्छ ?
-
रास्वपा प्रथम महाधिवेशन : राेकिएकाे बन्दसत्र आज, प्रतिनिधि परिचयपत्र वितरण सुरु
-
हालान्डको दोस्रो गोल, सेनेगलविरुद्ध नर्वे ३–१ गोलले अगाडि
-
सेनेगलले फर्कायो एक गोल, नर्वे अग्रता कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण