बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

स्रोत नखुलेको ५ लाख रकमसहित युवक पक्राउ

आइतबार, १७ फागुन २०८२, १४ : ४५
आइतबार, १७ फागुन २०८२

काठमाडौं । प्रहरीले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–३ बाट स्रोत नखुलेको नगद सहित एकजना युवकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बरियारपट्टी गाउँपालिका–२ श्रीपुर बस्दै आएका २५ वर्षीय विजय कुमार साह छन् । शनिबार दिउँसो पक्राउ परेका आरोपीको साथबाट ५ लाख रूपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 

इलाका प्रहरी कार्यालय महेशपुरपतारबाट खटिएको प्रहरीले बरियारपट्टीबाट धनगढीतर्फ जाँदै गरेको स.७ प ८२९५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको हो । उनीमाथी जिल्ला प्रहरी कार्यालय सिरहाले अनुसन्धान गरिरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप