को हुन् इरानको अन्तरिम परिषद्मा नियुक्त आयतुल्लाह अराफी ?
सारांश
- इरानका सर्वोच्च नेताको पद खाली भएपछि आयतुल्ला अलिरेजा अराफीलाई अस्थायी परिषद्मा नियुक्त गरिएको छ।
- अराफीले कडा धारका धर्मगुरु र राष्ट्रपतिसँग मिलेर अन्तरिम परिषद्मा काम गर्नेछन्।
- आईआरजीसीका दोस्रो प्रधान कमान्डरको हत्या भएको छ भने नयाँ सैन्य आर्थिक सङ्गठनको प्रमुख अझै घोषणा गरिएको छैन।
तेहरान । इरानका सर्वोच्च नेता आयतुल्ला अली खामेनीको अमेरिका–इजरायल आक्रमणमा मृत्यु भएपछि यतिबेला सो पद रिक्त छ । नयाँ सर्वोच्च नेताको चयन नहुँदासम्मका लागि शक्तिशाली संवैधानिक निकायका एक सदस्य आयतुल्ला अलिरेजा अराफीलाई सो पदमा नियुक्त गरिएको छ ।
उनलाई ३ सदस्यीय अस्थायी परिषद्मा नियुक्त गरिएको हो । ६७ वर्षीय अराफी शक्तिशाली संवैधानिक निगरानी निकाय गार्डियन काउन्सिलका सदस्य हुन् । यो समितिले भविष्यमा नयाँ सर्वोच्च नेता छनोट गर्ने भूमिका पनि निर्वाह गर्नेछ । उनलाई शक्तिशाली मध्यस्थ निकाय एक्सिपडियन्सी काउन्सिलले परिषद्मा नियुक्त गरेको हो ।
अब अराफीले कडा धारका धर्मगुरु तथा न्यायपालिका प्रमुख गुलाम–होसैन मोहसेनी–एजेई र राष्ट्रपति मसुद पेजेशकियनसँग मिलेर अन्तरिम परिषद्मा काम गर्नेछन् । यसैबिच, इस्लामिक रिभोल्युशनरी गार्ड कप्र्स (आईआरजीसी) र सुरक्षा प्रमुख अलि लारीजानीले पनि निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएको छ । तर शक्तिको वास्तविक सन्तुलन कता हुन्छ भन्ने अझ स्पष्ट भइनसकेको सञ्चारमाध्यामहरुले जनाएका छन् ।
उता, आईआरजीसीका दोस्रो प्रधान कमान्डरको पनि हत्या भएको बताइएको छ । उनको एक वर्षभन्दा कम अवधिमा हत्या भएको बताइएको छ ।
त्यस्तै शक्तिशाली सैन्य आर्थिक सङ्गठनको नयाँ प्रमुख अझै घोषणा गरिएको छैन । आईआरजीसीसँग सम्बद्ध टेलिग्राम च्यानलहरूले सो पदमा यसअघि उपप्रमुख रहेका अहमद वहीदीलाई सम्भावित उत्तराधिकारीका रूपमा हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण