मध्यपूर्वमा तनाव : विमानस्थलमै अलपत्र नेपालीको सुरक्षाका लागि सरकारको व्यवस्था
सारांश
- सरकारले मध्यपूर्वमा रहेका नेपालीहरूलाई विमानस्थलमा सुरक्षित राख्ने व्यवस्था गरेको छ।
- मन्त्रिपरिषद् बैठकमा मध्यपूर्वको तनाव र नेपाली नागरिकलाई परेको असरबारे छलफल भयो।
- ट्रान्जिटमा रहेका कामदार र यात्रुलाई गन्तव्यसम्म पुर्याउन दूतावासहरूसँग समन्वय भइरहेको छ।
काठमाडाैँ । सरकारले मध्यपूर्वमा देशको विमानस्थलमा रहेका नेपालीहरूलाई सोही स्थानमा सुरक्षित राख्ने प्रबन्ध गरेको जनाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकपछि परराष्ट्रमन्त्री बालानन्द शर्माले अहिले विमानस्थल बन्द रहेकाले कसैलाई फर्काउन नसक्ने भएकाले विमानस्थलमा फर्किएका नागरिकलाई सोही स्थानमा नै सुरक्षित राख्ने प्रबन्ध गरिएको जानकारी दिए ।
बैठकमा मध्यपूर्वमा उत्पन्न तनावपछि नेपाललाई परेको प्रभाव, नेपालले दिने प्रतिक्रिया र नेपाली नागरिकलाई परेको असरका साथै समाधानबारे छलफल भएको मन्त्री शर्माले बताए ।
उनले नेपालबाट मध्यपूर्वमा जान लागेका श्रमिकहरूलाई काठमाडाैँस्थित त्रिभुवन विमानस्थलमा भएको समस्या श्रम मन्त्रालय, पर्यटन मन्त्रालय र परराष्ट्र मन्त्रालयले सहकार्य गरेर समाधान गरिसकेको उल्लेख गरे ।
त्यस्तै सम्बन्धित मुलुकमा गएर ट्रान्जिटमा परेका कामदार र यात्रुहरूलाई परेको समस्या समाधानका लागि सम्बन्धित देशका राजदूतसँग समन्वय भइसकेको उनले बताए।
ट्रान्जिटमा रहेकाहरूलाई गन्तव्यसम्म पुर्याउने अथवा जान नसक्नेहरूलाई सम्बन्धित व्यवसायी कम्पनी वा एयरलाइन्सहरूले रेखदेख गर्ने गरी समन्वय भइरहेको मन्त्री शर्माले जानकारी दिए ।
उनले मध्यपूर्वमा रहेका नेपालीहरूको स्वास्थ्य, सुरक्षाको बारेमा अहिलेसम्म कुनै पनि हताहत नभएको र सुरक्षाको निमित्त उचित प्रबन्ध मिलाइसकेको समेत बताए।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण