राष्ट्रिय लिग फुटबलः एनआरटी विजयी
आइतबार, १७ फागुन २०८२, २० : ४८
काठमाडौँ । राजधानीमा जारी राष्ट्रिय लिग फुटबल प्रतियोगितामा न्युरोड टिम (एनआरटी) विजयी भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा एनआरटीले चित्लाङ फुटबल क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो । खेलको १०औँ मिनेटमा राजिव लोप्चनले गोल गर्दै एनआरटीलाई सुरुआती अग्रता दिलाएका थिए।
यस्तै खेलको ३७औँ मिनेटमा एनआरटीका सनम सोदेम्बा लिम्बूले आत्मघाती गोल गरेपछि खेल एक–एक गोलको बराबरीमा पुग्यो।
त्यस्तै एनआरटीका टिमोथी चिएमेरिए ओकेरेकेले खेलको ५४औँ मिनेटमा शान्त्वना गोल गरे । त्यसपछि खेलमा थप गोल हुन सकेन । यो जितसँगै एनआरटीले प्रतियोगितामा पाचौँ जित दर्ता गराएको छ । लिगमा नौ खेल खेलेको एनआरटीले १९ अङ्क जोडेको छ । यस्तै चित्लाङको यो चौथो हार हो । नौ खेलबाट चित्लाङले ७ अङ्क जोडेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण