बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

राप्रपा रूपन्देहीका क्षेत्रीय अध्यक्ष निलम्बनमा

आइतबार, १७ फागुन २०८२, २१ : १८
आइतबार, १७ फागुन २०८२

सारांश

  • राप्रपा रूपन्देहीका क्षेत्रीय अध्यक्ष राम बहादुर थापा आर्थिक प्रलोभनमा परेर निलम्बनमा परेका छन्।
  • उनले नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय लिएपछि पार्टीले उनलाई निलम्बन गरेको हो।
  • जिल्ला अध्यक्ष सागर प्रताप राणाले थापाको कार्यशैली निन्दनीय रहेको बताए।

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) रूपन्देही क्षेत्र नम्बर २ का क्षेत्रीय अध्यक्ष राम बहादुर थापा निलम्बनमा परेका छन् । पार्टीको नीति तथा हित विपरित व्यक्तिगत रुपमा आर्थिक प्रलोभनमा परी नेपाली कांग्रेसका उमेदवारलाई समर्थन गर्ने निर्णयपछि उनी  निलम्बनमा परेका हुन् । जिल्ला अध्यक्ष सागर प्रताप राणाले विज्ञप्ति जारी गर्दै थापालाई निलम्बन गरिएकाे बताएका हुन् । थापाको क्रियाकलाप अन्यन्तै दुःखद र निन्दनीय रहेकाे अध्यक्ष राणाले बताए ।

पार्टीको नीति तथा निर्देशनको विपरित गएर व्यक्तिगत सम्झौता गरी पार्टीलाई हानी नोक्सानी पुर्‍याएकाे भन्दै आइतबार पार्टीबाट निलम्बन गरिएको उनले बताए ।  थापाले कांग्रेसका चन्नुप्रसाद शर्मा(पाैडेल)लाई प्रतिनिधि सभा निर्वाचनमा समर्थन गर्ने निर्णय गरेका थिए। 

यही फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ । 

639570434_955934000452215_1286891318567603512_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप