इरानको आक्रमणपछि युएईद्वारा तेहरानस्थित दूतावास बन्द, राजदूत फिर्ता
सारांश
- युएईले तेहरानस्थित दूतावास बन्द गर्दै राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ।
- इरानले गरेको मिसाइल आक्रमणको प्रतिक्रियास्वरूप युएईले यस्तो कडा कदम चालेको हो।
- युएईले इरानको कार्यलाई 'स्पष्ट र आक्रामक' भन्दै नागरिक स्थलहरूलाई निशाना बनाएको जनाएको छ।
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) ले इरानको राजधानी तेहरानमा रहेको आफ्नो दूतावास बन्द गर्ने र राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । आफ्नो भूमिमा इरानले गरेको शृङ्खलाबद्ध मिसाइल आक्रमणको प्रतिक्रिया स्वरूप युएईले यो कडा कदम चालेको हो ।
युएईको परराष्ट्र मन्त्रालयका रणनीतिक सञ्चार निर्देशक अफ्रा अल हमेलीले सामाजिक सञ्जालमार्फत जारी गरेको विज्ञप्तिमा भनिएको छ, “युएईले तेहरानमा रहेको आफ्नो दूतावास बन्द गर्ने तथा राजदूत र कूटनीतिक नियोगका सबै सदस्यहरूलाई फिर्ता बोलाउने घोषणा गर्दछ । हामी इरानी मिसाइल आक्रमणको कडा निन्दा गर्दछौँ ।”
युएईले इरानको यो कदमलाई ‘स्पष्ट र आक्रामक’ भन्दै यसले आवासीय क्षेत्र, विमानस्थल, बन्दरगाह र अन्य सेवा सुविधाहरू जस्ता नागरिक स्थलहरूलाई निशाना बनाएको जनाएको छ । यी आक्रमणहरूले निहत्था सर्वसाधारणको ज्यान जोखिममा पारेको मन्त्रालयले उल्लेख गरेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण