ललितपुर महानगरपालिकाद्वारा प्रहरीलाई आठ थान मोटरसाइकल हस्तान्तरण
सारांश
- ललितपुर महानगरपालिकाले शान्ति सुरक्षाका लागि जिल्ला प्रहरीलाई आठ वटा मोटरसाइकल सहयोग गरेको छ।
- महानगर प्रमुख चिरिबाबु महर्जनले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होविन्द्र वोगटीलाई मोटरसाइकल हस्तान्तरण गरे।
- प्रहरीले मोटरसाइकल सहयोगले आपराधिक क्रियाकलाप नियन्त्रण र गस्ती बढाउन मद्दत पुग्ने बताएको छ।
ललितपुर । ललितपुर महानगरपालिकाले जिल्लाको शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन जिल्ला प्रहरी परिसर ललितपुरलाई आठ थान मोटरसाइकल सहयोग गरेको छ। आइतबार आयोजित एक विशेष कार्यक्रमका बिच महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ती मोटरसाइकलहरू प्रहरीलाई हस्तान्तरण गरेका हुन्।
प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईको उपस्थितिमा भएको उक्त कार्यक्रममा नगर प्रमुख महर्जनले जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होविन्द्र वोगटीलाई आठ थान पल्सर मोटरसाइकलको साँचो हस्तान्तरण गरे। महानगरभित्र हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न र प्रहरीको गस्तीलाई थप तीव्र बनाउन यो सहयोगले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
प्रहरी वरिष्ठ उपरीक्षक बोगटीले महानगरपालिकाको यो सहयोगप्रति आभार व्यक्त गर्दै उपलब्ध सवारी साधनको प्रयोगले नागरिकको सुरक्षा र सेवा प्रवाहमा थप सहजता आउने बताए। ललितपुर महानगरपालिकाले यसअघि पनि प्रहरी प्रशासनलाई विभिन्न भौतिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण