साइप्रसस्थित बेलायती अड्डामा इरानी ड्रोन आक्रमण
काठमाडौँ । इजराइल–अमेरिका र इरानबिच जारी युद्ध आज तेस्रो दिनमा प्रवेश गरेको छ ।
यसबिच बेलायतको रक्षा मन्त्रालयले साइप्रसमा रहेको आफ्नो सैन्य अड्डामा संदिग्ध ड्रोन आक्रमण भएको जनाएको छ ।
रक्षा मन्त्रालयका अनुसार मध्यराति आरएएफ अक्रोटिरी बेसमा ड्रोन आक्रमण भएको हो । उक्त अड्डा साइप्रसमा रहेको बेलायती सैन्य केन्द्र हो । घटनापछि बेलायती सेनाले प्रतिकारात्मक कदम चालिरहेको जनाएको छ । बेलायती प्रधानमन्त्री कीर स्टारमर ले इरानका मिसाइल साइटहरूमा आक्रमण गर्न अमेरिकालाई उक्त बेस प्रयोग गर्न अनुमति दिएका थिए । त्यसपछि उक्त अड्डा लक्षित आक्रमणको निशानामा परेको आशंका गरिएको छ ।
उता कुवेतमा अमेरिकी लडाकु विमानहरू दुर्घटनाग्रस्त भएका छन् । हावामा केहीबेर गोलो घुमेपछि ती विमान जमिनमा खसेका जनाइएको छ । यद्यपि घटनामा कुनै मानवीय क्षति नभएको बताइएको छ ।
यसैबिच इरानका उच्च राष्ट्रिय सुरक्षा अधिकारी अली लारीजानीले सोमबार अमेरिकासँग कुनै पनि वार्ता नगर्ने स्पष्ट पारेका छन् । अमेरिकासँग पुनः वार्ता सुरु गर्ने प्रयास भइरहेको भन्ने खबरहरूको खण्डन गर्दै उनले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
इरानमा ठुलो मानवीय क्षति
अलजजिलराको रिपोर्टअनुसार अमेरिका र इजराइलले मिलेर हालसम्म इरानका एक हजारभन्दा बढी स्थानमा आक्रमण गरेका छन् । प्रारम्भिक ३० घण्टामै दुई हजारभन्दा बढी बम खसालिएको दाबी गरिएको छ ।
ती आक्रमणमा हालसम्म दुई सयभन्दा बढी मानिसको मृत्यु भएको छ भने सात सय ४० भन्दा बढी घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण