कुवेतमा आफ्नै पक्षको आक्रमणले तीन जेट खसेको अमेरिकाको दाबी
सोमबार, १८ फागुन २०८२, १७ : ०९
वासिङटन डीसी । अमेरिकी सेनाले कुवेतमा आफ्ना तीन वटा एफ–१५ लडाकु विमान 'फ्रेन्डली फायर' (आफ्नै पक्षको आक्रमण) का कारण खसेको बताएको छ ।
यसअघि कुवेती सेनाले धेरै अमेरिकी लडाकु विमान कुवेतमा दुर्घटनाग्रस्त भएको र घटनाको कारणबारे अनुसन्धान भइरहेको बताएको थियो ।
अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम)ले पछिल्लो अपडेटमा इरानविरुद्ध चलाइएको अपरेसन एपिक फ्युरीका समर्थनमा उडिरहेका तीन एफ–१५ जेट स्पष्ट रूपमा फ्रेन्डली फायरका कारण कुवेतको आकाशबाट खसेको भनेको छ ।
कमान्डका अनुसार विमानमा रहेका चालक दलका सबै ५ जनालाई सुरक्षित रूपमा निकालिएको र उनीहरूको उद्धार गरिएको छ । यसअघि बीबीसीले प्रमाणित गरेको भिडियोमा कुवेत सिटी नजिक एक लडाकु विमान खस्दै गरेको देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलिउड अभिनेता पंकज त्रिपाठीका दाइमाथि घातक हमला
-
४८ करोडको नाङ्गेडाडा बृहत पम्पिङ खानेपानी आयोजना उद्घाटनमै सीमित
-
आयात, निर्यात बढ्दा पनि देशको व्यापार घाटा १६ खर्ब १६ अर्ब नाघ्यो
-
एमाले पुनर्गठन सम्बन्धी सुझाव संकलन गर्न नेताहरु सुर्खेतमा
-
नर्वेको आशा हालान्डकै काँधमा
-
सडक डिभिजन जुम्लाद्वारा काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण