मोरङ–६ मा तीन जनाको उम्मेदवारी निष्क्रिय, शेखर कोइरालालाई सघाउने
सोमबार, १८ फागुन २०८२, १७ : ३६
काठमाडौँ । मोरङ–६ का तीन जनाको उम्मेदवारी निष्क्रिय भएको छ ।
आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै उनीहरुले नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालालाई सघाउने निर्णय गरेका छन् ।
उनीहरूले प्रत्यक्षमा कांग्रेसका उम्मेदवार कोइरालालाई सहयोग गर्ने र समानुपातिकमा आफ्नै दललाई मत हाल्ने निर्णय गरेका हुन्।
नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार बलराम खवास, जनता समाजवादी पार्टी नेपालका राजु मण्डल र जनमत पार्टीका सुधराम माझी थारुले सोमबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै डा. कोइरालालाई सघाउने निर्णय गरेका हुन्।
यसअघि नेपाल मजदुर किसान पार्टीका उम्मेदवार तिलक राजवंशी, जनता समाजवादी पार्टीका महमद जाविर र जेनजी समूहका उम्मेदवार राम खत्रीले कोइरालालाई सघाउने प्रतिबद्धता गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको ठूलो सुन निर्यात कम्पनीमा प्रमुख कार्यकारीको तलब जम्मा २७ हजार रुपैयाँ
-
रास्वपाको पदाधिकारी मतदान जारी, ४ बजेसम्म समय थप
-
दुई दशकपछि अभिनयमा फर्किए राकेश
-
काठमाडौँ महानगरले टेकु अस्पताललाई दियो १८ सय भायल रेबिजविरुद्धको खोप
-
बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार
-
लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सरकारको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण