मध्यपूर्व द्वन्द्व चर्किदाँ बढ्यो तेल र ग्यासको मूल्य
मङ्गलबार, १९ फागुन २०८२, १० : १६
काठमाडौं । मध्यपूर्वमा जारी सैन्य तनावका कारण विश्व ऊर्जा बजारमा दबाब बढ्दै जाँदा अन्तर्राष्ट्रिय तेल र ग्यासको मूल्य थप उक्लिएको छ ।
तेलको अन्तरराष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ मंगलबार करीब १ दशमलव ९ प्रतिशतले बढेर प्रति ब्यारेल ७९ डलर २५ सेन्ट पुगेको छ भने अमेरिकामा कारोबार हुने तेलको मूल्य पनि झण्डै १ दशमलव ५ प्रतिशतले ले बढेको छ ।
अमेरिका र इजरायलले सप्ताहन्तमा इरानमाथि आक्रमण सुरु गरेपछि विश्व तेल तथा ग्यास बजारमा अस्थिरता बढेको देखिएको हो ।
तेल उत्पादक क्षेत्रमै तनाव चर्किँदा आपूर्ति अवरुद्ध हुने चिन्ताले मूल्यमा थप चाप परेको विश्लेषण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण