अमेरिकाले बन्द गर्यो कुवेत र साउदी अरबको दूतावास
सारांश
- मध्यपूर्वमा बढ्दो तनावका कारण कुवेत र साउदी अरबस्थित अमेरिकी दूतावासहरूले सेवा बन्द गरेका छन्।
- कुवेतस्थित दूतावासले अर्को सूचना नआएसम्म नियमित र आकस्मिक अपोइन्टमेन्ट रद्द गरेको छ।
- साउदी अरबमा इरानी ड्रोन आक्रमणपछि दूतावासले आफ्ना नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ।
वासिङ्टन डीसी । मध्यपूर्वमा बढ्दो तनावबिच कुवेत र साउदी अरबस्थित अमेरिकी दूतावासहरूले आफ्ना सेवा अस्थायी रूपमा बन्द गरेका छन् । कुवेतस्थित अमेरिकी दूतावासले क्षेत्रीय तनाव जारी रहेकाले अर्को सूचना नआएसम्म दूतावास बन्द रहने जनाएको छ ।
दूतावासले सामाजिक सञ्जाल एक्स मार्फत नियमित तथा आकस्मिक सबै कन्सुलर अपोइन्टमेन्ट रद्द गरिएको जानकारी दिएका हुन् । यसअघि अमेरिका र इरानबिचको द्वन्द्वका क्रममा कुवेतस्थित नागरिक बन्दरगाहमा रहेको अस्थायी अपरेसन केन्द्रमा इरानी प्रत्यक्ष आक्रमण हुँदा अमेरिकी सैनिकहरू मारिएका थिए ।
अमेरिकी सेन्ट्रल कमान्डका अनुसार मृतकको सङ्ख्या बढेर ६ पुगेको छ । यसैबिच, रियादस्थित दूतावासले पनि आफ्नो सेवा प्रभावित भएको जनाएको छ । दूतावासले मङ्गलवार बिहान आफ्नै परिसरमा भएको आक्रमणपछि सबै कन्सुलर सेवा रद्द गरिएको बताएको हो ।
साउदी रक्षा मन्त्रालयका अनुसार शङ्कास्पद इरानी ड्रोनले दूतावास क्षेत्रमा प्रहार गर्दा सीमित आगलागी र सामान्य भौतिक क्षति भएको थियो, तर प्रारम्भिक रूपमा कुनै मानवीय क्षतिको रिपोर्ट छैन । दूतावासले जेद्दा, रियाद र धरान क्षेत्रमा रहेका अमेरिकी नागरिकलाई ‘जहाँ हुनुहुन्छ त्यहीँ सुरक्षित रहन’ सल्लाह दिएको छ ।
साथै व्यक्तिगत सुरक्षा योजना तयार राख्न र अर्को सूचना नआएसम्म दूतावास परिसरबाट टाढा रहन पनि आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेन्टल क्लिनिकमा अवैध जनशक्तिको बिगबिगी, छानबिन गरी खारेज गर्न एशोसिएशनको माग
-
प्रेमीसँग मिलेर हुनेवाला पतिको हत्या आरोप
-
१ अर्ब ८७ करोडको बजेट ल्याउँदै जितपुर सिमरा उपमहानगर
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण