मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

तेहरानस्थित राष्ट्रपति कार्यालयमा आक्रमण, इरानमा मृत्यु हुने संख्या ७८७ पुग्यो

मङ्गलबार, १९ फागुन २०८२, १८ : २५
मङ्गलबार, १९ फागुन २०८२

तेहरान । इजरायलले इरानको राजधानी तेहरानमा अर्को ठूलो आक्रमण गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार राष्ट्रपति कार्यालयसमेत लक्षित भएको इजरायली पक्षको दाबी छ । तेहेरानमा रहेका एक पत्रकारले बीबीसीलाई बताए अनुसार शनिबारदेखि भइरहेको एकपछि अर्को आक्रमणमध्ये पछिल्लोपटक उक्त हमला भएको हो । 

इरानी रेड क्रिसेन्टका अनुसार अमेरिका–इजरायलले आक्रमण सुरु गरेयता इरानमा मृत्यु हुनेको संख्या ७८७ पुगेको छ। घाइतेहरूको संख्या पनि उल्लेख्य रहेको जनाइएको छ।

यसअघि शनिबार अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि हमला गर्दा सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको मृत्यु भएको थियो । त्यसको पुष्टि इरानी राष्ट्रिय सञ्चारमाध्यमले समेत गरिसकेको छ । 

इजरायलका रक्षामन्त्रीले लेबनानतर्फ जमीनी सेना अघि बढाएर ‘थप रणनीतिक क्षेत्र कब्जा गर्ने’ चेतावनी दिएका छन् । ताकि इजरायलमाथि भइरहेका आक्रमण रोक्न सकियोस्।

साउदी अरेबियाको राजधानी रियादस्थित अमेरिकी दूतावासमा दुईवटा ड्रोन आक्रमण भएको छ । जुन इरानबाट प्रक्षेपित भएको हुनसक्ने आशंका गरिएको छ।

अन्तर्राष्ट्रिय बजारमा युद्धको असर देखिएको छ। कच्चा तेल र ग्यासको मूल्य बढेको छ भने सेयर बजारमा गिरावट आएको छ।

उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री कियर स्टार्मरले प्रारम्भमा बेलायती सैन्य अड्डाहरू प्रयोग गर्न नदिएको विषयमा पुनः आलोचना गरेका छन् । (बीबीसी)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप