मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

बारामा मौन अवधिबिच होली, तस्बिरहरूमा हेर्नुहोस्

बुधबार, २० फागुन २०८२, २० : २५
बुधबार, २० फागुन २०८२

बारा । प्रतिनिधिसभा निर्वाचनको अघिल्लो दिन बारा जिल्ला शान्त देखिएको छ ।

आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने रंगहरूको पर्व फागु पूर्णिमाका दिन आज जिल्लामा कुनै अप्रिय घटना नभएको स्थानीय प्रशासनले जनाएको छ । सरकारले मधेसमा होली पर्वका लागि मंगलबार सार्वजनिक बिदा दिए पनि सो दिन ठुलो समूहले माछा,मासु नखाने र चन्द्रग्रहण परेकोले धेरैले आज होली पर्व मनाएका हुन् । 

निर्वाचनको मौन अवधिमा परेको यो पर्व शान्तिपूर्ण रूपमा मनाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जनाए । उनका अनुसार मौन अवधिको पालना गर्दै होली पर्वमा शान्तिपूर्ण र संयमतापूर्वक भएको छ ।  

‘सरकारले गरेको अनुरोधलाई सबैलाई पालना गरेको देखियो, यस वर्ष होली पर्व पनि अत्यन्तै सौहार्द रुपमा मनाएको पाइयो,’ पण्डितले भने, ‘फलानो पार्टीले पैसा बाँडेको छ त भन्छन् तर प्रमाणसहित अहिलेसम्म कुनै दलको कार्यकर्ता भेटिएका छैनन् ।’ 

bara (1)bara (2)bara (3)bara (4)bara (5)bara (6)bara (7)bara (8)


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप