बैतडीमा नगद बाँड्दै गरेको आरोपमा एक व्यक्ति पक्राउ
सारांश
- बैतडीमा मौन अवधिमा मतदातालाई प्रलोभन दिन नगद बाँड्दै गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिकाका भानदेव भट्ट रहेका छन्, जो नेपाली कांग्रेस निकट किसान महासंघका सदस्य हुन्।
- प्रहरीले भट्टको साथबाट ७९ हजार ५ सय रुपैयाँ नगद र निर्वाचन सामग्री बरामद गरेको छ, थप अनुसन्धान जारी छ।
धनगढी । निर्वाचनको मौन अवधिमा मतदातालाई प्रलोभनमा पार्न नगद बाँड्दै गरेको आरोपमा बैतडीमा एक व्यक्ति पक्राउ परेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–३ खोचलेकबाट सशस्त्र प्रहरीको गस्ती टोलीले स्थानीय ५२ वर्षीय भानदेव भट्टलाई बुधबार दिउँसो नियन्त्रणमा लिएको हो ।
भट्टको साथबाट ७९ हजार ५ सय रुपैयाँ नगद र निर्वाचनसँग सम्बन्धित प्रशिक्षण सामग्री बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी दीपककुमार रायका अनुसार भट्टले मौन अवधिको उल्लङ्घन गर्दै शङ्कास्पद गतिविधि गरिरहेको अवस्थामा सशस्त्र प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
उनलाई थप अनुसन्धानका लागि अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । पक्राउ परेका भट्ट नेपाली कांग्रेस निकटको किसान महासङ्घका सदस्य हुन् । तर, उनले एमालेका उम्मेदवार र कार्यकर्तासँग मिलेर कांग्रेसकै मतदातालाई प्रभावित पार्न खोजेको आरोप लागेको छ ।
कांग्रेसका आफ्नै कार्यकर्ताले आफ्ना नेताको गतिविधिमाथि शङ्का गरेपछि नेपाली कांग्रेस बैतडीले मंगलबार नै जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेर भट्टमाथि निगरानी बढाउन आग्रह गरेको थियो ।
नेपाली कांग्रेसले दिएको गोप्य सूचना र पत्रका आधारमा प्रशासनले भट्टमाथि निगरानी बढाइएको थियो ।
मौन अवधिमा मतदातालाई आर्थिक प्रभावमा पारेर मत तान्ने प्रयास गर्नु निर्वाचन आचारसंहिताको गम्भीर उल्लङ्घन मानिन्छ । प्रहरीले बरामद नगद कुन प्रयोजनका लागि र कहाँबाट आएको हो भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वाद र सुगन्धले चर्चित जोरायले बासमती पुनः किसानको रोजाइमा
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण