भारतीय नम्बरका ४० वटा सवारी साधन नियन्त्रणमा
बुधबार, २० फागुन २०८२, २२ : ३१
रौतहट । प्रहरीले निर्वाचन आचारसंहिता विपरीत सञ्चालन भएका भारतीय नम्बर प्लेटका ४० वटा सवारी साधन नियन्त्रणमा लिएको छ । आज जिल्लाको विभिन्न स्थानबाट निर्वाचन आचार संहिताविपरीत सञ्चालन भएका भारतीय नम्बर प्लेटका मोटरसाइकल, स्कर्पियो लगायतका सवारीसाधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिए ।
यसैगरी प्रहरीले होलीमा मादक पदार्थ सेवन गरी उच्छृङ्खल र अराजक गतिविधि गरी शान्तिसुरक्षामा खलल पारेको आरोपमा ६ जनालाई नियन्त्रणमा लिएको छ । मादक पदार्थ सेवन गरी हो–हल्ला गर्ने तथा अराजक गतिविधि गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रनाउ बस्यालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण