बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

काठमाडौँ जिल्लामा ९ बजेसम्म ५ हजारभन्दा बढीद्वारा मतदान

बिहीबार, २१ फागुन २०८२, ०९ : ११
बिहीबार, २१ फागुन २०८२

काठमाडौँ । काठमाडौँ जिल्लामा बिहीबार बिहान ९ बजेसम्म ५ हजारभन्दा बढी मतदाताले मतदान गरेका छन् ।

काठमाडौँका प्रमुख निर्वाचन अधिकारी ठाकुर प्रसाद भट्टराईका अनुसार जिल्लाभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।

उनका अनुसार तोकिएका सबै मतदान केन्द्रमा निर्धारित समयमै मतदान सुरु भएको र मतदाताको सहभागिता उत्साहजनक देखिएको छ । जिल्लाभर सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ । जेनजी आन्दोलनपछि सुशीला कार्की नेतृत्वको सरकारले प्रतिनिधिसभाको निर्वाचन गराएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप