प्रतिघण्टा ८/१० प्रतिशतले मतदान बढेको छ : आयोग
काठमाडौँ । निर्वाचन आयोगले देशभर प्रतिघण्टा आठदेखि १० प्रतिशतका दरले मतदानको बढ्दै गएको जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मध्यान्हपछि मतदानको प्रतिशत बढेको जानकारी दिए ।
प्रवक्ता भट्टराईले बिहानीपख हिमाली तथा पहाडी जिल्लामा मतदानको प्रतिशत कम देखिए पनि दिउँसो हुदैँगएपछि मतदान प्रतिशत बढेको जानकारी दिए ।
‘अहिलेसम्म झण्डै २५ प्रतिशत मत खसेको छ,’ भट्टराईले भने, ‘तर प्रत्येक मिनेटमा प्रतिशत बढेको छ । साँझसम्म हामी कति प्रतिशत मत खस्यो भन्ने जानकारी गराउँछौ ।’
आयोगले मतदानमा मतदाताको उपस्थिति उत्साहजनक भएको पनि दाबी गरेको छ । आयोगले सर्लाहीलगायतका केही स्थानमा केही समय मतदान रोकिए पनि सहजीकरणपछि पुनः सञ्चालन भएको जनाएको छ ।
ओखलढुंगा र दाङलगायतका केही क्षेत्रमा मतदान बहिस्कार गरेको खबर आए पनि ति क्षेत्रमा सहजीकरण भइरहेको आयोगले जनाएको छ । पछिल्लो तथ्यांकअनुसार मुस्ताङमा ४० प्रतिशत मत खसेको आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण