भीमफेदी कारागारका १४९ कैदीबन्दी मतदान गरे
बिहीबार, २१ फागुन २०८२, १४ : १०
हेटौँडा । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत आस भइरहेको मतदान कार्यक्रममा मकवानपुरको भीमफेदी कारागारका १४९ कैदीबन्दीले मतदान गरेका छन् । क्षेत्रीय कारागार भीमफेदीमा रहेको अस्थायी मतदान केन्द्रबाट दिउँसो १ः ३० बजेसम्म १४९ जनाले मत दिएका हुन्।
१६२ मतदातामध्ये १४९ मत खसेको हो । भीमफेदी कारागार ४ महिलासहित १६६ मतदाता रहेकोमा ४ जना जेलबाट छुटी गएकाले १६२ जना मतदाता रहेका छन् ।
तीमध्ये ४ जना महिलासहित १४९जना कैदीबन्दीले मतदान गरेका छन् । उनीहरुले समानुपातिकतर्फ मात्र मतदान गर्न पाउने व्यवस्था रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला
-
क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक कांग्रेसको विधानभन्दा बाहिरको व्यवस्था हो : वरिष्ठ अधिवक्ता पोखरेल
-
कोशी नदी किनारबाट १६८ केजी गाँजा बरामद
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने सवालमा देउवा–कोइराला पक्षको धारणा के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण