काठमाडौँ उपत्यकाका सुरक्षा प्रमुखहरूले गरे मतदान स्थलको निरीक्षण
बिहीबार, २१ फागुन २०८२, १५ : २१
सारांश
- काठमाडौं उपत्यकामा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा भइरहेको छ।
- सुरक्षा निकायका कमान्डरहरूले विभिन्न मतदान स्थलको निरीक्षण गरेका छन्।
- निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण बनाउन अनुगमन गरिएको छ।
काठमाडौँ । काठमाडौँ उपत्यकामा शान्तिपूर्ण तवरले प्रतिनिधि सभा सदस्य निर्वाचन भइरहेको छ । बिहीबार काठमाडौँ उपत्यकामा कार्यरत सुरक्षा निकायका कमान्डरहरूले विभिन्न मतदान स्थलको निरीक्षण गरेका छन् ।
उपत्यका प्रहरी कार्यालयका प्रमुख (एआइजी) ईश्वर कार्की, सशस्त्र प्रहरीको नम्बर–९ पशुपतिनाथ बाहिनी मुख्यालयका बाहिनीपति (डिआईजी) सुरेश कुमार श्रेष्ठ र राष्ट्रिय अनुसन्धानका डीआईजी कृष्ण खनाल सहितको टोलीले उपत्यकाको विभिन्न मतदान केन्द्रहरूको निरीक्षण तथा अनुगमन गरेका हुन् ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा शान्तिपूर्ण गराउन अनुगमन गरिएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । काठमाडौँ उपत्यकाको सम्पूर्ण मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण