आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हुम्लाको हल्जीको विवाद समाधान : मतदान सकियो

बिहीबार, २१ फागुन २०८२, १७ : ०९
बिहीबार, २१ फागुन २०८२

सारांश

  • हुम्लाको हल्जीस्थित विद्यालयको मतदान केन्द्रमा देखिएको विवाद समाधान भएको छ।
  • स्थानीयले गुम्बामा मतदानको माग गरेपछि निर्वाचन टोलीले नमान्दा विवाद भएको थियो।
  • विवाद समाधानपश्चात मतदान सम्पन्न भयो र मतपेटिका सदरमुकाम ल्याइयो।

‎हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका–६ को हल्जीमा सुनखानी आधारभूत विद्यालयको मतदान केन्द्रमा सिर्जित विवाद समाधान भएको छ।

‎२६४ जना मतदाता रहेको उक्त मतदान केन्द्रमा स्थानीयले गुम्बामा मतपेटिका र मतपत्र लिएर मतदान गराउनुपर्ने माग गर्दा निर्वाचनमा खटिएको टोलीले नमानेपछि लफडा भएको थियो।

‎‎उक्त विवाद समाधान भएर पनि मतदान सकिएको हुम्ला जिल्ला अधिकारी टेककुमार रेग्मीले बताए । ‎उक्त ठाउँको मत पेटिका हेलिकप्टरबाट जिल्ला सदरमुकाम समेत ल्याइसकिएको उनले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप