आज खग्रास चन्द्रग्रहणः के-के गर्नुहुँदैन ?
काठमाडौं - आज राति (पूर्णिमा तिथिका दिन) खग्रास चन्द्रग्रहण लाग्नेछ । एक्काईसौ शताब्दिको सबैभन्दा लामो चन्द्रग्रहण नेपाल लगाएत भारत, एशिया, रुस, युरोप, अस्ट्रेलिया, लगायत केहि अफ्रिका र उत्तरी अमेरिका सहित विश्वका अधिकांश ठाउँबाट देखिनेछ । केहि समय फिक्का रातो र केहि समय पुरै रातो देखिने भएकोले यसलाई ब्लडमुन पनि भनिएकोछ । यो संयोग लगभग १०० वर्षपछि आएको हो ।
अवधि
नेपाली समय अनुशार रातको १२ बजेर ९ मिनेटमा स्पर्श हुन्छ र रातको १ बजेर २५ मिनेटदेखि खग्रास चन्द्रग्रहण सुरु भई रातको २ बजेर ८ मिनेटमा मध्य हुदै २ बजेर ५९ मिनेटमा सकिने खग्रास चन्द्रग्रहण १२ गते बिहान ४ बजेर ६ मिनेटमा मोक्ष हुनेछ । खग्रास चन्द्रग्रहणको अवधि १ घण्टा ४४ मिनेटको हुनेछ ।
रातिको समयमा ग्रहण लाग्ने भएपनि दिउँसो ३ बजेर ९ मिनेट देखि बालक, बृद्ध, रोगी तथा गर्भवती महिलाहरू बाहेक अरुलाई भोजन निषेध गरिएको छ ।
निषेध
ज्योतिषि डिपि भण्डारीका अनुसार, ग्रहणको समयमा भोजन निषेध हुनुका साथै पकाउने, काट्ने, बिभिन्न औजारको प्रयोग गर्ने, भूमी खनन गर्ने, शुभ कार्यको प्रारम्भ गर्ने, मलमूत्र त्याग गर्ने, कपाल कोर्ने, दन्तमञ्जन गर्ने, चेक तथा अन्य महत्त्वपूर्ण निर्णयहरु आदिमा हस्ताक्षर गर्ने कार्य तथा देवताहरूको मूर्ति तथा तुलसीको वृक्ष स्पर्श गर्ने कार्य पूर्णरुपले निषेध गरिएको छ ।यसका साथै विशेषगरी ग्रहणको समयमा गर्भवती महिलाहरू घर बाहिर निस्कनु हुँदैन, यदि निस्कनै परेमा तुलसीपत्र, कुश, चन्दन साथमा राखेरमात्र घर बाहिर निस्कनु पर्दछ ।
लाभ
ग्रहणको समयमा तन्त्र मन्त्रको जप गर्ने,ध्यान गर्ने तथा आफ्नो जन्म कुण्डली अनुशार कुन दशा ग्रह चलेको छ त्यसको जप शान्ति गर्नाले हजारौ गुण फल मिल्ने शाश्त्रमा उल्लेख छ । ग्रहणको समयमा बिभिन्न शाश्त्र जस्तै चारवेद, पुराण,गिता तथा उपनिशद जस्ता शाश्त्रको अध्ययन तथा मनन गर्नु लाभदायक हुनेछ ।
यो पनि पढ्नुहोस्ः
यि राशि भएका व्याक्तिलाई लाभ मिल्ने
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
-
डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण