सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
प्रतिनिधिसभा निर्वाचन-२०८२

रौतहटमा आज रातिदेखि नै मतगणना गरिने

बिहीबार, २१ फागुन २०८२, २० : २२
बिहीबार, २१ फागुन २०८२

सारांश

  • रौतहटमा प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भयो ।
  • जिल्लाभरका ५४१ मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भयो ।
  • आज रातिदेखि मतगणना सुरु हुने तयारी छ।

रौतहट । रौतहटको चार वटै निर्वाचन क्षेत्रमा आज भएको प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।

निर्धारित समय बिहान ७ः०० देखि सुरु भएको मतदान कार्यक्रम साँझ ५ः०० बजे सम्पन्न भएको थियो । कुनै पनि अप्रिय घटना नभई जिल्लाभित्र रहेको ५४१ वटै मतदान केन्द्रमा मतदान सम्पन्न भएको रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिएका छन् ।

सुरक्षाकर्मी तथा निर्वाचन कर्मचारीको व्यवस्थापनका कारण मतदान प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको प्रजिअ भुसालले जानकारी दिए । जिल्लाको चार वटै निर्वाचन क्षेत्रमा दलगत तथा स्वतन्त्र गरी कुल १४२ जनाले उम्मेदवारी दिएका थिए ।

मतदान सम्पन्न भएसँगै मतदानस्थलबाट मतपत्र भएको बक्स मतगणना भएको स्थलमा ल्याउँदै गरेको र सम्भवतः आज रातिदेखि नै मतगणनाको तयारी भइरहेको प्रजिअ भुसालले बताउनुभएको छ । जिल्ला निर्वाचन कार्यालयका कार्यालय प्रमुख छोटेलाल दासका अनुसार क्षेत्र नम्बर १ गौरमा रहेको जुद्ध माध्यमिक विद्यालय, क्षेत्र नम्बर २ को ब्रह्मज्योति मावि लौकाहा, क्षेत्र नम्बर ३ को जनता मावि कटहरिया र ४ को जनज्योति उच्च मावि चन्द्रपुरमा मतगणना हुने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप