निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा रास्वपाले दियो सबैलाई धन्यवाद
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्यको हालै सम्पन्न निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा सबै सरोकारवाला पक्षलाई धन्यवाद ज्ञापन गरेको छ। पार्टीले चौतर्फी चुनौतीका बाबजुद निर्वाचन सम्पन्न गर्न सहयोग पुर्याउने सबैप्रति कृतज्ञता व्यक्त गरेको हो ।
आज फागुन २१ गते जारी गरिएको एक विज्ञप्तिमा रास्वपाले ऐतिहासिक निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न अहम् भूमिका निर्वाह गर्ने सम्पूर्ण सरोकारवाला पक्षहरूलाई धन्यवाद दिँदै उच्च सम्मान व्यक्त गरेको छ ।
पार्टीले विशेषगरी निर्वाचनलाई निर्धारित मितिमा सम्पन्न गर्न अहोरात्र खटिनुभएका सम्माननीय प्रधानमन्त्री, नेपाल सरकारका सम्पूर्ण निकायहरू, निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारीहरू, सुरक्षा निकायहरू, सम्पूर्ण राजनीतिक दल, सञ्चार जगत्, नागरिक समाज, राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यवेक्षक तथा निर्वाचनमा सक्रिय भूमिका खेल्ने सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू प्रति हार्दिक कृतज्ञता तथा उच्च सम्मान व्यक्त गरेको छ ।
रास्वपाले अब आउने निर्वाचन परिणामले ‘जेनजी’ पुस्ताको लोकतन्त्र, पारदर्शिता, उत्तरदायित्व र सुशासनप्रतिको अपेक्षा र आकांक्षाहरूलाई सम्बोधन गर्नेछ भन्ने आशा तथा विश्वास व्यक्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण