मध्यपूर्वबाट २० हजार अमेरिकी स्वदेश फर्किए, थप नागरिक निकाल्ने कार्य तीव्र
सारांश
- अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि मध्यपूर्वमा तनाव बढ्दा २० हजार अमेरिकी नागरिक स्वदेश फर्किएका छन्।
- अमेरिकी विदेश मन्त्रालयका अनुसार, धेरै अमेरिकी नागरिक तेस्रो मुलुकमा सरेका छन् र स्वदेश फर्किने क्रम जारी छ।
- मध्यपूर्वमा रहेका आफ्ना नागरिकलाई सुरक्षित निकाल्न अमेरिकाले चार्टर उडान र स्थल यातायातको समन्वय गरिरहेको छ।
वासिङ्टन डिसी । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि उत्पन्न तनावका बीच करिब २० हजार अमेरिकी नागरिक मध्यपूर्वबाट स्वदेश फर्किएका छन्। अमेरिकी विदेश मन्त्रालयका अनुसार पछिल्लो एक हप्ताको अवधिमा यी नागरिकहरू विभिन्न माध्यमबाट अमेरिका पुगेका हुन्।
यसबाहेक अन्य ठुलो सङ्ख्यामा अमेरिकीहरू तेस्रो मुलुकमा सुरक्षित रूपमा सरेका छन् भने धेरैजसो अझै पनि स्वदेश फर्किने क्रममा रहेको मन्त्रालयले जनाएको छ। यद्यपि, तेस्रो मुलुक जाने र बाटोमा रहेकाहरूको यकिन सङ्ख्या भने सार्वजनिक गरिएको छैन।
मध्यपूर्वमा रहेका आफ्ना नागरिकहरूलाई सुरक्षित निकाल्न अमेरिकी अधिकारीहरूले चार्टर उडान र स्थल यातायातको व्यापक समन्वय गरिरहेका छन्। विदेश मन्त्रालयले यो उद्धार कार्यलाई अझ तीव्र बनाइने स्पष्ट पारेको छ। गत मङ्गलबार मात्रै अमेरिकाले मध्यपूर्वका एक दर्जनभन्दा बढी देशमा रहेका आफ्ना नागरिकहरूलाई तत्काल ती क्षेत्र छाड्न आग्रह गरेको थियो। युद्धको बादल मडारिएसँगै आफ्ना नागरिकको सुरक्षालाई लिएर अमेरिका निकै सतर्क देखिएको छ।
यद्यपि, अमेरिकी सरकारले सञ्चालन गरेको यो उद्धार र निष्कासन प्रक्रियामा स्पष्टता नभएको भन्दै आलोचना समेत हुन थालेको छ। नागरिकहरूले उपलब्ध गराइने सेवा र प्रक्रियाबारे पर्याप्त जानकारी नपाएको गुनासो गरिरहेका छन्। मध्यपूर्वमा बढ्दो सैन्य तनावका कारण त्यहाँ रहेका विदेशी नागरिकहरूमा त्रास फैलिएको छ र अमेरिकाले आफ्ना नागरिकलाई फर्काउने कार्यलाई उच्च प्राथमिकतामा राखेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातो किताब अध्ययन गर्न समय नपुगेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
-
गाउँमै सम्भावना खोज्दै बर्दियाका महिला
-
चन्द्रागिरिमा रेबिजका कारण एक पुरुषको मृत्यु
-
बागमतीको बजेटः आफ्नै मापदण्ड लत्याउँदै टुक्रे योजनाको ओइरो
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
-
भक्तपुरसहित देशका विभिन्न स्थानमा चारजना मृत भेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण