डडेल्धुरामा शान्तिपूर्ण मतदान, ४५ हजार ९०९ मत खस्यो
डडेल्धुरा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डडेल्धुरामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृत अरुणकुमार कोइरालाका अनुसार जिल्लाभरि ४९.०८ प्रतिशत मत खसेकोे छ । जसमा २५ हजार ३ सय १३ र पुरुष २० हजार ५ सय ९६ गरी जम्मा ४५ हजार ९ सय ९ मत खसेको कोइरालाले बताए ।
मतदान शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको र कतै पनि ठूलो अवरोध नभएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले जानकारी दिए । मतपेटीका सङ्कलन भइरहेको उनको भनाइ छ ।
जिल्लाभरिका मतदान केन्द्रबाट मतपेटिका शुक्रबारसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइसकेपछि मतगणना सुरु गरिने तयारी गरिएको छ । मतगणनाका लागि आवश्यक सबै तयारी पूरा भइसकेको र मतगणनास्थल पनि तयार अवस्थामा रहेको मुख्य निर्वाचन अधिकृत कोइरालाले बताए ।
डडेल्धुरामा कुल ९३ हजार ४०३ मतदाता छन । मतदानका लागि जिल्लाभर १०४ मतदान स्थल र १४१ मतदान केन्द्र तोकिएका थिए । साथै एउटा अस्थायी मतदान केन्द्र पनि व्यवस्था गरिएको थियो । निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन सुरक्षा निकाय परिचालन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण