सुदूरपश्चिममा मतगणनाः कहाँ के हुँदैछ ?
शुक्रबार, २२ फागुन २०८२, ०१ : ५६
धनगढी । सुदूरपश्चिममा प्रतिनिधि सभा निर्वाचनको मतगणना क्रमशः सुरु हुँदै गएको छ।
कञ्चनपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना सुरु भइसकेको छ भने निर्वाचन क्षेत्र नम्बर ३ मा केहीबेरमै मतगणना सुरु हुने तयारी गरिएको छ। निर्वाचन क्षेत्र नम्बर १ मा भने मतगणना सुरु हुने समय अहिलेसम्म निश्चित भएको छैन ।
यसैगरी कैलाली जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा भने बिहान मात्रै मतगणना सुरु गरिने बताइएको छ। पहाडी जिल्लाहरूमा भने पनिउज्यालो भएपछि मात्रै मतगणना गरिने तयारी गरिएको छ।
डडेल्धुरा, बैतडी, दार्चुला, अछाम, बाजुरा, डोटी र बझाङ जिल्लामा बिहान उज्यालो भएपछि मात्रै मतगणना सुरु हुने सम्बन्धित निर्वाचन कार्यालयले जनाएका छन्। मतगणनाका लागि सम्बन्धित निर्वाचन कार्यालयहरूमा आवश्यक तयारी पूरा भइरहेको छ। केही ठाउँम मतपेटिका आउन समय लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङका होटल र पसलमा अनुगमन
-
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिका उम्मेदवारहरूको ‘सर्ट लिस्ट’ सार्वजनिक
-
वन्यजन्तुबाट क्षति व्यहोरेकालाई सात लाख प्रदान
-
विशेषाधिकार समितिको राष्ट्रिय सम्मेलन सङ्घीयता सुदृढीकरणमा कोसेढुङ्गा : मुख्यमन्त्री आचार्य
-
डीएभी कलेजमा विद्यार्थी मृत्यु प्रकरणप्रति अखिल (क्रान्तिकारी) को ध्यानाकर्षण
-
११ महिनामा रोजगारीका लागि विदेसिए ७ लाख २२ हजार नेपाली, जेठ महिनामा मात्रै ६१ हजार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण