आज कुन राशिका लागि शुभ ?
सारांश
- फाल्गुन २२ गतेको राशिफल अनुसार, मेष राशिका लागि अध्ययनमा सफलता मिल्नेछ र स्वास्थ्यमा सुधार आउनेछ।
- वृष राशिका लागि सन्तानको सहयोगले आम्दानी बढ्नेछ भने मिथुन राशिलाई आर्थिक बाधा आउन सक्छ।
- मीन राशिका व्यक्तिहरूले औषधिजन्य वस्तुको व्यापारबाट धन आर्जन गर्न सक्नेछन्।
वि.सं. २०८२ साल फाल्गुन २२ गते । शुक्रबार । ईश्वी सन् २०२६ मार्च ६ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । चैत्र कृष्णपक्ष । तिथि–तृतीया, २८ घडी १९ पला, बेलुकी ५ बजेर ४५ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–हस्त, ७ घडी ५९ पला, बिहान ९ बजेर ३७ मिनेट उप्रान्त चित्रा । योग– गण्ड, २ घडी २८ पला, बिहान ७ बजेर २५ मिनेट उप्रान्त वृद्धि । करण–भद्रा, बेलुकी ५ बजेर ४५ मिनेट उप्रान्त बव । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–कन्या, बेलुकी १० बजेर २३ मिनेट उप्रान्त तुला ।
काठमाडौँमा सूर्योदय बिहान ६ बजेर २६ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ६ मिनेट । दिनमान २९ घडी ११ पला ।
आजको बार बेला:
- बिहान ६ बजेर २६ मिनेटसम्म चर बेला ।
- बिहान ६ बजेर २७ मिनेटदेखि बिहान ७ बजेर ५३ मिनेटसम्म लाभ बेला ।
- बिहान ७ बजेर ५४ मिनेटदेखि बिहान ९ बजेर २१ मिनेटसम्म अमृत बेला ।
- बिहान ९ बजेर २२ मिनेटदेखि बिहान १० बजेर ४८ मिनेटसम्म काल बेला ।
- बिहान १० बजेर ४९ मिनेटदेखि बिहान १२ बजेर १६ मिनेटसम्म शुभ बेला ।
- दिउँसो १२ बजेर १७ मिनेटदेखि दिउँसो १ बजेर ४४ मिनेटसम्म रोग बेला ।
- दिउँसो १ बजेर ४५ मिनेटदेखि दिउँसो ३ बजेर ११ मिनेटसम्म उद्वेग बेला ।
- दिउँसो ३ बजेर १२ मिनेटदेखि बेलुकी ४ बजेर ३९ मिनेटसम्म चर बेला ।
- बेलुकी ४ बजेर ४० मिनेटदेखि बेलुकी ७ बजेर ३९ मिनेटसम्म रोग बेला ।
नोट: शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभ बेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
बिहान १० बजेर ४८ मिनेटदेखि मध्याह्न १२ बजेर १६ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट: राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नुहुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।
ब्रह्म मुहूर्त
बिहान ४ बजेर ५० मिनेटदेखि बिहान ५ बजेर ३८ मिनेटसम्म ब्रह्म मुहूर्त रहनेछ ।
आजको राशिफल
- मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ): प्रतिस्पर्धा वा अध्ययनमा नतिजा हात पार्न सकिनेछ । रोकिएर बसेका काम बन्ने तथा स्वास्थ्यसम्बन्धी समस्या झेल्नेहरूले मुक्ति पाउने समय रहेको छ । दाम्पत्य सम्बन्ध तथा प्रेम सम्बन्ध सुखी रहनेछ । मामा तथा मावली पक्षबाट सहयोग पाइनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइने योग रहेको छ । छोटो दूरीको यात्राको योग रहेको छ । खाद्यान्न तथा औषधिजन्य सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।
- वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो): तपाईँले गरेको पेशा व्यवसायमा सन्तान तथा छोराछोरीको पनि सहयोग प्राप्त हुनाले आम्दानी बढ्नेछ । प्रेममा रमाउन चाहनेहरूका लागि आजको दिन उत्तम रहेको छ । बौद्धिक कार्यक्रममा सहभागी भई आफ्नो प्रस्तुति प्रस्तुत गर्ने अवसर प्राप्त हुनेछ । अध्ययनमा भनेजस्तो नतिजा ल्याउन सकिनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा समय खर्चनेहरूका लागि समय उत्तम रहेको छ ।
- मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा): सहयोगी तथा प्रतिस्पर्धीहरूले तपाईँको काममा सहयोग नगर्न सक्छन् । पढ्ने लेख्ने काममा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । आर्थिक रूपमा सम्पन्न हुनका लागि चालिएका कदममा बाधा तथा अवरोध हुनेछ । आमा तथा आफन्तसँग सामान्य कुरामा मनमुटाब सिर्जना हुने योग रहेको छ । तर पनि सवारी साधन तथा कृषि क्षेत्रमा काम गर्नेहरूले मनग्गे आम्दानी गर्न सक्नेछन् । अध्ययन वा कामको सवालमा लामो दूरीको यात्राको योग रहेको छ ।
- कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो): छोटो दूरीको रमाइलो यात्राको तय हुनेछ । लामो समयदेखि भेट नभएका मित्र, आफन्त तथा घरपरिवारका मानिससँग भेट हुँदा मन प्रसन्न रहनेछ । खाद्यान्न, गरगहना तथा निर्माण सामग्रीको व्यापारबाट मनग्गे धन लाभ हुनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ भने जीवनसाथीको सहयोगले नयाँ काम गर्न सकिनेछ । अध्ययनकै सवालमा यात्राको योग बन्नेछ ।
- सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे): व्यापारमा लगानी गरी आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । पहिले लगानी गरेका रकमहरू उठ्ने हुनाले मन प्रसन्न हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तको सहयोगले हरेक क्षेत्रमा प्रगति गर्न सकिनेछ । रमाइलो जमघटमा सामेल भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा भैपरी आउने समस्याहरू सहजै समाधान हुनेछन् । राजनीतिमा पद प्राप्तिको योगलाई नकार्न सकिँदैन ।
- कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो): राजनीतिकर्मी तथा समाजसेवीहरूले जनताको काम गरी नाम कमाउन सक्नेछन् । नोकरीमा सहकर्मीहरूलाई पछि पार्दै राम्रा काम गरी सम्मान पाउने योग रहेको छ । पढाइलेखाइमा मन जानेछ भने नतिजा आफैँतिर ल्याउन सकिनेछ । व्यापार तथा औद्योगिक क्षेत्रमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।
- तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते): स्वास्थ्यमा समस्या आई औषधि खर्च बढेर जानेछ । व्यापार व्यवसायमा प्रशस्त समय खर्चिए मात्र आम्दानी हुनेछ । अग्रज तथा आफन्तसँग मनमुटाब सिर्जना हुनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा जनताको आलोचनात्मक समर्थन पाइने योग रहेको छ । माया प्रेममा रमाउन चाहनेहरूका लागि समय मध्यम रहेको छ । तापनि लामो दूरीको विदेश यात्राको गतिलो सम्भावना रहेको छ ।
- वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू): साथीभाइ, बन्धुबान्धव तथा इष्टमित्रको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । व्यापार तथा उद्योगको लगानीबाट थोरै भए पनि लाभ लिन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवनसाथीको सहयोगले उपलब्धिमूलक काम गर्न सकिनेछ । पैत्रिक धन तथा सम्पत्तिको प्रयोगमार्फत आम्दानी बढाउन सकिनेछ । राजनीतिकर्मीका लागि समय राम्रो रहेको छ ।
- धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे): राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागि जनताको समर्थन पाइने तथा पद प्राप्तिको योग रहेको छ । खाद्यान्न तथा औषधिजन्य सामानको व्यापारमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ भने विभिन्न अवसरहरूले पछ्याउनेछन् । प्राकृतिक स्रोत तथा सम्पत्तिको प्रयोग गरी आय बढाउन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागि यात्राको योग रहेको छ ।
- मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी): कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ भने अग्रजहरूको सम्पत्ति प्रयोग गर्न पाइनेछ । नवीन विचारको प्रयोगमार्फत व्यवसायलाई बढाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ भने कार्यक्षेत्रमा तपाईँको कामको उच्च सम्मान गरिनेछ । धर्म तथा अध्यात्मजस्ता क्षेत्रमा चासो बढ्नेछ ।
- कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा): व्यवसायमा लगानी गरे पनि समयमा प्रतिफल प्राप्त नहुँदा आर्थिक सङ्कटको सामना गर्नुपर्ला । आम्दानीको तुलनामा खर्च धेरै हुनाले दैनिकी प्रभावित हुनेछ । नचाहँदानचाहँदै तपाईँको बोलीले अरूको मन दुख्नेछ । सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला, नराम्रा घटनाहरू घट्न सक्छन् । पढाइलेखाइमा समय दिए पनि भनेजस्तो नतिजा आउनेछैन । मनमा एक किसिमको निराशापनको विकास हुने योग रहेको छ ।
- मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची): औषधिजन्य वा दैनिक उपभोग्य वस्तुको व्यापारबाट धन आर्जन गर्न सकिनेछ । साझेदारी व्यवसायमा गरिएको लगानी फस्टाएर जानेछ । व्यापारकै सिलसिलामा छोटो दूरीको यात्राको तय हुनेछ । भौतिक सम्पत्ति तथा विलासी सामान उपहारको रूपमा प्राप्त हुनेछ । पढाइलेखाइमा प्रतिस्पर्धीहरू आफैँ किनारा लाग्नेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । राजनीतिमा प्रवेश वा पद पाउने गतिलो योग रहेको छ ।
तपाईँको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा प्रसाद भण्डारी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
-
भारततर्फको चिया निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण