गगनलाई नेविसंघ अध्यक्ष दुजाङले भने ‘दिस इज नट अ वन म्यान सो’
सारांश
- नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले गगन थापालाई दिएको सुझाव नमानेको आरोप लगाएका छन्।
- शेर्पाले सर्लाहीमा दिएका सुझावहरू ५ प्रतिशत पनि कार्यान्वयन नभएको गुनासो गरेका छन्।
- शेर्पाले बालेन्द्र शाहले रवि लामिछानेसँग सम्झौता गरेको र एक्लै अगाडि बढ्न खोज्दा यस्तो अवस्था आएको बताए।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापालाई नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले आफूले दिएको सुझाव नमान्दा यस्तो अवस्था आएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष शेर्पाले आफूले सर्लाहीमा भेटेर दिएको सुझाव ५ प्रतिशत पनि नमान्दा यस्तो अवस्था आएको बताएका हुन् ।
‘मैले सर्लाहीमा भेटेर हजुर र हजुरको सचिवालयहरूलाई धेरै महत्वपूर्ण सुझाव दिएको थिए । ५ प्रतिशत पनि कार्यान्वयन गराउन इच्छा देखाउनुभएन,’ शेर्पाले लेखेका छन् ।
शेर्पाले आफूले विष पिएर दिएको सुझाव नमानेको पनि उल्लेख गरेका छन् । त्यसमै जोडेर उनले बालेन्द्र शाहले पनि विष पिएर रवि लामिछानेसँग सम्झौता गरेको भन्दै एक्लै अगाडि बढ्न खोज्दा यो अवस्था आएको बताएका छन् ।
‘बालेनले पनि विष् पिएर रविसँग सम्झौता गरेको हो । दिस इज नट वन म्यान सो’ शेर्पाले लेखेका छन् ।
प्रतिनिधिसभा निर्वाचनका क्रममा आफूले दिएको सुझाव नमानेपछि उनले सभापति थापालाई यस्तो उल्लेख गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण