सिन्धुलीमा बिहान ११ बजेबाट मतगणना सुरु गरिने
सारांश
- सिन्धुलीमा प्रतिनिधिसभा निर्वाचनको मतगणना बिहान ११ बजेबाट सुरु हुने भएको छ।
- सर्वदलीय बैठकले मतगणना जिल्ला प्रशासन कार्यालयमा गर्ने निर्णय गरेको छ।
- सिन्धुलीमा ५३.५८ प्रतिशत मत खसेको छ, जसमा १ लाख १५ हजार २१४ जनाले मतदान गरेका छन्।
सिन्धुली । सिन्धुलीमा प्रतिनिधिसभा निर्वाचनको मत गणना बिहान ११ बजेबाट गरिने भएको छ । सिन्धुलीमा बिहान बसेको सर्वदलीय बैठकले ११ बजेबाट मतगणना गर्ने सहमति जनाएको हो ।
जिल्ला प्रशासन कार्यालय, सिन्धुलीको सभा हलमा बसेको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत कमल राज विष्टले जानकारी दिए । उनकाअनुसार जिल्लाको दुवै निर्वाचन क्षेत्रको मतगणना बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सिन्धुली–१ को मुख्य निर्वाचन अधिकृतको कार्यालयको भुईतला र मकवानपुर–२ को सोही भवनको दोस्रो तलामा ३÷३ स्थानबाट मतगणना गरिनेछ ।
सिन्धुली–१ मा फिक्कल गाउँपालिकाबाट मतगणना सुरु गरिने छ भने त्यसपछि क्रमशः गोलञ्जोर गाउँपालिका, तिनपाटन गाउँपालिका, दुधौली नगरपालिका हुँदै अन्तिममा कमलामाई नगरपालिकाको वडा नम्बर ९, १३ र १४ को मतगणना गरिने सर्वदलीय बैठकको निर्णय छ ।
त्यसैगरी, सिन्धुली–२ को मतगणना सुनेकासी गाउँपालिकाबाट सुरु गरिने र क्रमशः घ्याङलेख गाउँपालिका, मरिण गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका र अन्तिममा कमलामाई नगरपालिकाको मतगणना गरिने छ ।
सिन्धुलीमा बिहीबार सम्पन्न मतदानमा ५३।५८ प्रतिशत मत खसेको छ । कुल २ लाख १५ हजार १९ मतदातामध्ये १ लाख १५ हजार २१४ जनाले आफ्नो मताधिकार प्रयोग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा लापसे गरी सवारी चलाउने ३ चालक पक्राउ
-
भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ
-
हालान्डको दुई गोलमा नर्वेको रोमाञ्चक जित
-
भारतीय पर्यटकले पोखराका होटल भरिभराउ
-
दुई दशकदेखि बन्द हेटौँडा कपडा उद्योग ब्युँताउन पहल
-
बिरामीले सोधेः डाक्टरसाप, क्यान्सर निको भएपछि गर्भधारण गर्न मिल्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण