अछाम–२ मा मतगणना सुरु
शुक्रबार, २२ फागुन २०८२, १२ : १६
सारांश
- अछाम क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ, जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
- कांग्रेसका पुष्पबहादुर शाह, एमालेका यज्ञबहादुर बोगटी, नेकपाका बलबहादुर कुँवर र रास्वपाका भूपदेव शाह प्रतिस्पर्धामा छन्।
- भूपदेव शाह रास्वपाका नेता बालेन्द्र शाहका पूर्व स्वकीय सचिव हुन्, सो क्षेत्रमा ९ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
काठमाडौँ । अछाम क्षेत्र नम्बर–२ मा मत गणना सुरु भएको छ । सर्वदलीय बैठकपछि मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
अछामको क्षेत्र नम्बर–२ म कांग्रेसका पुष्पबहादुर शाह, नेकपा (एमाले) का यज्ञबहादुर बोगटी, नेपाली कम्युनिस्ट पार्टीका बलबहादुर कुँवर र राष्ट्रिय स्वतन्त्र पार्टीका भूपदेव शाह प्रतिस्पर्धामा छन् । शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) का पूर्व स्वकीय सचिव हुन् ।
सो क्षेत्रमा ९ जना उम्मेदवार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ प्रतिस्पर्धामा छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण