मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

११ वर्षअघिको फोटो शेयर गर्दै रवीन्द्रले रञ्जुलाई दिए बधाई

शुक्रबार, २२ फागुन २०८२, १२ : १७
शुक्रबार, २२ फागुन २०८२

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले रञ्जु दर्शनालाई बधाई दिएका छन् । प्रतिनिधिसभामा काठमाडौँ क्षेत्र नम्बर १ मा पार्टीको तर्फबाट उम्मेदवार रहेका मिश्रले सोही क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रञ्जुलाई बधाई दिएका हुन् । 

उनले ११ वर्षअघिको फोटो फेरि सेयर गर्दै मिश्रले रञ्जुको भ्रष्टाचार नियन्त्रण, सुशासन र रूपान्तरणप्रतिको इमान र दृढता कायम रहोस् भन्ने कामना गरेका हुन् । 

‘प्रिय रञ्जु दर्शनाजी, सम्भवतः मैले १०–११ वर्षअघि तपाईँको यही फोटो शेयर गर्दै तपाईंको प्रशंसा र तपाईँप्रति आशा व्यक्त गरेको थिएँ। आज पुनः त्यही फोटो प्रेषित गरेर तपाईँलाई बधाई तथा शुभकामना दिन चाहन्छु’ उनले भनेका छन्, ‘भ्रष्टाचार नियन्त्रण, सुशासन र रूपान्तरणप्रतिको तपाईँको इमान र दृढता सदा कायम रहोस् !’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप