सर्लाही–४ मा गगन थापासँग अग्रता बढाउँदै रास्वपाका अमरेश
शुक्रबार, २२ फागुन २०८२, १८ : २०
सर्लाही । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सर्वत्र चासोका साथ हेरिएको सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेश कुमार सिंहले निरन्तर अग्रता लिएका छन् ।
मत गणनाको पछिल्लो विवरण अनुसार अमरेशले दुई हजार ८४७ मत प्राप्त गर्दै अग्रता लिँदा दोस्रो स्थानमा रहेका कांग्रेसका उम्मेदवार गगन कुमार थापाले एक हजार ७१४ मत प्राप्त गरेका छन् । अमरेशसँग गगन थापा एक हजारभन्दा बढी मतले पछि परेका छन् ।
सो निर्वाचन क्षेत्रमा नेकपा एमालेका अमनिश कुमार यादवले ४१० मत प्राप्त गरेका छन् । यस्तै, जनमत पार्टीका राकेश कुमार मिश्रले २६७ मत पाएका छन् ।
यहाँ नेपाली कम्युनिस्ट पार्टीका रजनिस रायले १२८, स्वतन्त्र उम्मेदवार सचित्र सहनीले ४०, उज्यालो नेपाल पार्टीका पीताम्बर सिंह कुशवाहाले १८ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण