कुलमानले भने, ‘हारले फरक पर्दैन, उज्यालो नेपालको यात्रा रोकिन्न’
सारांश
- काठमाडौं निर्वाचन क्षेत्र ३ मा कुलमान घिसिङ राजुनाथ पाण्डेसँग पराजित भए।
- रास्वपाका पाण्डेले घिसिङलाई ७ हजार ५८६ मतको अन्तरले पराजित गरे।
- घिसिङले सामाजिक सञ्जालमार्फत पाण्डेलाई बधाई दिँदै आगामी दिनमा सक्रिय रहने बताए।
काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित भएका छन्। बिहीबार सार्वजनिक अन्तिम मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजुनाथ पाण्डेले घिसिङलाई भारी मतान्तरले पराजित गर्दै जित हात पारेका हुन्।
निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार विजयी पाण्डेले १८ हजार ७५७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी घिसिङले ११ हजार १७१ मत मात्रै ल्याउन सके। राजुनाथ पाण्डेले कुलमानलाई ७ हजार ५८६ मतको अन्तरले पछि पारेका हुन्।
निर्वाचनमा पराजय भोगेपछि उज्यालो नेपालका अध्यक्ष घिसिङले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो प्रतिक्रिया दिँदै विजयी पाण्डेलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। उनले चुनावी परिणाम जे जस्तो भए पनि आफू पछि नहट्ने संकेत गरेका छन्।
घिसिङले आफूलाई मतदान गर्ने मतदाताप्रति आभार प्रकट गर्दै सुशासन, समृद्धि र उज्यालो नेपाल निर्माणको अभियानमा आगामी दिनमा अझ बढी सक्रिय रहने प्रतिबद्धता जनाएका छन्।
आफ्ना नेता, कार्यकर्ता र समर्थकहरूलाई धन्यवाद दिँदै घिसिङले जनताको माया र विश्वास नै आफ्नो लागि मुख्य प्रेरणाको स्रोत रहेको उल्लेख गरेका छन्। उनले आगामी दिनमा देश र जनताको सेवामा थप जिम्मेवार भएर लाग्ने र समृद्ध नेपाल निर्माणको यात्रालाई निरन्तरता दिने उद्घोष समेत गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य र विद्युत्मा लग्जरी कर उपयुक्त छैन : गगन थापा
-
ओलीले शपथ लिँदा ‘त्यो पर्दैन’ भनेर पन्छाएको विषयमा परेको रिट खारेज
-
विजय गच्छदारले भने, ‘सिध्याइदिने अरे...’
-
यामाबुद्ध स्केट पार्कमा नवौँ राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप
-
उजुरीकै भरमा हतकडी लगाएर हिरासतमा राख्नु कति जायज हो ?
-
बागमती प्रदेशसभा : पुरातात्त्विक सामग्रीको खोजी गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण