हार स्विकार्दै मोदीले भने – चुनावी परिणामले विचलित हुन्नँ
काठमाडौँ । मोरङ–४ मा जारी मतगणनाबिच नेकपा उम्मेदवार अमनलाल मोदीले आफ्नो हार स्वीकार गरेका छन् ।
मतान्तर उल्लेख्य रूपमा बढेपछि उनले सामाजिक सञ्जालमार्फत हार स्वीकार गर्दै विजयीउन्मुख राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सन्तोष राजवंशीलाई बधाई दिएका हुन् । मोदीले मतगणना अझै जारी रहे पनि मतान्तर धेरै भएकाले हार स्वीकार गर्ने निर्णय गरेको बताएका छन् ।
उनले विजयीउन्मुख उम्मेदवार सन्तोष राजवंशीलाई बधाई दिँदै देशव्यापी रूपमा अभूतपूर्व जित हासिल गरेकोमा रास्वपालाई समेत शुभकामना व्यक्त गरेका छन् ।
साथै तारा चुनाव चिह्नमा मतदान गर्ने सबै मतदाताप्रति उनले हार्दिक कृतज्ञता व्यक्त गरेका छन् । चुनावी अभियानमा सक्रिय रूपमा सहयोग गर्ने नेपाली कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता, समर्थक तथा शुभचिन्तकप्रति पनि उनले धन्यवाद ज्ञापन गरेका छन् ।
मोदीले चुनाव परिणामबाट विचलित नहुने उल्लेख गर्दै आत्मसमीक्षा गर्दै नेपाली कम्युनिस्ट पार्टीलाई अझ सशक्त बनाएर अघि बढ्ने बताएका छन् । उनले चुनावमा हार–जित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ मजबुत बनाउँदै देश र जनताको पक्षमा निरन्तर प्रतिबद्ध रहने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
-
शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल
-
चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
-
५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
नेपालमा बोसमो पहिलो ब्रान्ड स्टोर सञ्चालन, प्रिमियम होम अप्लायन्स बजारमा विस्तार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण