मोरङको ६ वटै निर्वाचन क्षेत्रमा रास्वपाको वर्चश्व
विराटनगर । प्रतिनिधि सभा अन्तर्गत ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा ६ वटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो वर्चश्व स्थापित गरेको छ ।
जारी मतगणनाको पछिल्लो विवरण अनुसार मोरङ क्षेत्र नम्बर १ मा रास्वपाका यज्ञमणि न्यौपाने १० हजार २५६ मतसहित अग्रस्थानमा छन् । उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीकी शान्ति पाख्रिन लामा ७ हजार ५१५ मतसहित दोस्रो स्थानमा छिन् ।
क्षेत्र नम्बर २ मा रास्वपाका कृष्णकुमार कार्की १३ हजार ५९ मतसहित अग्रस्थानमा रहँदा नेकपा एमालेका दिलीप कुमार अग्रवाल ५ हजार ४९ मतसहित दोस्रो स्थानमा छन् । यहाँ नेपाली कांग्रेसका मिनेन्द्रप्रसाद रिजाल ४ हजार ३१० मतसहित तेस्रो स्थानमा छन् ।
क्षेत्र नम्बर ३ मा रास्वपाका गणेश कार्की ५ हजार ७२३ मतसहित अग्रस्थानमा रहँदा श्रम संस्कृति पार्टीका अमिर मगर ४ हजार २४५ मतसहित दोस्रो स्थानमा छन् । यहाँ नेपाली कांग्रेसका सुनिल कुमार शर्मा ४ हजार २३३ मतसहित तेस्रो स्थानमा छन् ।
मोरङ–४ मा रास्वपाका सन्तोष राजवंशी ३६ हजार ८५९ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गुरुराज घिमिरे १२ हजार १४७ मतमा सीमित भए ।
क्षेत्र नम्बर ५ मा रास्वपाकी आशा झा १० हजार १०८ मतसहित अग्रस्थानमा रहँदा जसपा नेपालका राजकुमार यादव ३ हजार ६८६ मतसहित दोस्रो स्थानमा छन् ।
क्षेत्र नम्बर ६ मा रास्वपाकै रुबिना आचार्य ३६ हजार ५० मतसहित अग्रस्थानमा रहँदा नेपाली कांग्रेसका डा. शेखर कोइराला ८ हजार ८०३ मतमा सीमित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाधार, शिक्षा र कृषिलाई प्राथमिकता दिँदै रुपन्देहीका पालिका
-
धौलागिरिमा ४८ करोड ५२ लाखको बजेट पारित
-
विद्यालय स्तरको पाठ्यक्रममा नैतिक शिक्षासम्बन्धी विषयवस्तु समावेश गर्न माग
-
प्रधानमन्त्रीपत्नीको स्पष्टोक्ति : सुरक्षाकर्मीले आफ्नै ब्याग बोकेका हुन्, मेरो होइन
-
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार
-
डा. गोविन्द केसीले दिए अनसन बस्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण