सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

१३ मत रहेको बाक्सा नआउँदा सङ्खुवासभामा मतगणना सुरु भएन

शनिबार, २३ फागुन २०८२, ०७ : ५२
शनिबार, २३ फागुन २०८२

सारांश

  • सङ्खुवासभाको भोटखोलाको मतपेटिका ल्याउन समस्या हुँदा मतगणना प्रभावित भएको छ।
  • मौसम प्रतिकूलताका कारण थुदामको मतपेटिका ल्याउन आजसम्मको तयारी छ।
  • दुर्गम क्षेत्रका ४ वटा मतदान केन्द्रको मतपेटिका भने हिजो हेलिकप्टरबाट ल्याइएको थियो।

विराटनगर । सङ्खुवासभामा बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत भोटखोलाको दुधपोखरी आधारभूत विद्यालय थुदामको मतपेटिका ल्याउन समस्या हुँदा मतगणना प्रभावित भएको छ । 

उक्त केन्द्रको मतपेटिका आज ल्याउने तयारी गरिएको छ । यद्यपि सङ्खुवासभामा अझै मौसम प्रतिकूल रहेको जनाइएको छ । जिल्लाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका र सिलिचोङ गाउँपालिकाभित्रका ४ वटा मतदान केन्द्रको मतपेटिका भने हिंजो हेलिकप्टर मार्फत ल्याइएको थियो । 

भौगोलिक रूपमा विकट र दुर्गम मानिएको भोटखोला गाउँपालिकाको हिमालय आधारभूत विद्यालय किमाथांका र ज्योती आधारभूत विद्यालय रिदाकर सिलिचोङ गाउँपालिका –५ को खेम्पालुङ आधारभूत विद्यालयको र वडा नम्बर ३ को शिवशक्ति माध्यमिक विद्यालय काम्पेक मतदान केन्द्रको मतपेटिका पनि हिंजै हेलिकप्टर मार्फत ल्याइसकिएको छ । 

थुमाम मतदान केन्द्रमा १३ मत मात्र खसेको थियो । हालसम्म जिल्लाका एक सय ६४ मतदान केन्द्रको मतपेटिका सङ्कलन भइसकेको प्रजिअ सिर्जना थपलियाले बताइन् । सबै पालिकाको मतपेटिका आइसकेपछि सर्वदलीय बैठक गरेर मत गणना सुरु गरिने उनले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप