परिणाम
ललितपुर–१ मा कांग्रेसका उदय शमशेरलाई हराउँदै रास्वपाका बुद्ध रत्न महर्जन विजयी
शनिबार, २३ फागुन २०८२, १० : ४४
ललितपुर । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत ललितपुर निर्वाचन क्षेत्र नं १ को अन्तिम नतिजा सार्वजनिक भएको छ। जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बुद्ध रत्न महर्जन भारी मतका साथ विजयी भएका छन्।
महर्जनले आफ्ना निकटतम प्रतिद्वन्द्वी तथा नेपाली कांग्रेसका चर्चित नेता उदय शमशेर जबरालाई ९,८५३ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्।
सार्वजनिक नतिजा अनुसार बुद्ध रत्न महर्जनले २३,३७३ मत प्राप्त गरे भने नेपाली कांग्रेसका राणाले १३,५२० मतमा चित्त बुझाउनु पर्यो।
त्यस्तै, नेकपा एमालेका उम्मेदवार चेत नाथ संजेलले ६,५४६ मतका साथ तेस्रो स्थानमा सीमित भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण