मुस्ताङको रोचक रिजल्ट : प्रत्यक्षमा साढे ७ सय ल्याएको रास्वपाले समानुपातिकमा २३ सय कटायो
शनिबार, २३ फागुन २०८२, १७ : ३७
सारांश
- मुस्ताङमा रास्वपा प्रत्यक्षतर्फ तेस्रो भएपनि समानुपातिकमा दोस्रो स्थान हासिल गर्यो।
- कांग्रेसले प्रत्यक्षमा धेरै मत ल्याए पनि समानुपातिकमा रास्वपाभन्दा पछि पर्यो।
- एमालेको समानुपातिक मत निकै कम रह्यो, अन्य साना दलहरूको पनि मत परिणाम आएको छ।
पोखरा । मुस्ताङको नतिजा निकै रोचक आएको छ । प्रत्यक्षतर्फ साढे ७ सय मत ल्याएर तेस्रो बनेको रास्वपा समानुपातिकमा उत्कृष्ट भोट ल्याउँदै दोस्रो बनेको छ । रास्वपाले समानुपातिकमा २ हजार ३ सय १३ मत ल्याएको हो ।
प्रत्यक्षमा ३ हजार ३ सय ७ मत ल्याएको नेपाली कांग्रेसले भने समानुपातिकमा निकै भोट घटाएको छ । कांग्रेसले यहाँ २ हजार ५ सय २१ मत मात्रै ल्याएको हो । प्रत्यक्षमा दोस्रो भएको एमालेको झन् कन्तबिजोग भएको छ ।
एमालेले समानुपातिकमा १ हजार २ सय ४ मत मात्रै पायो । नेकपाले १ सय २६ र राप्रपाले १ सय २३ मत ल्याउँदा श्रम संस्कृति पार्टीले १ सय ३६ मत पाएको छ । विप्लव नेतृत्वको माओवादीले ३४, उज्यालोको समानुपातिकमा ३४, प्रगतिशील लोकतान्त्रिक पार्टीको २८ मत आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण