सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अघिल्लो पटक १८ सिट जितेको क्षेत्रमा साविक माओवादीलाई ठुलो धक्का

शनिबार, २३ फागुन २०८२, १८ : १७
शनिबार, २३ फागुन २०८२

सारांश

  • नेकपाले प्रतिनिधिसभा सदस्यमा ठूलो क्षति बेहोरेको छ, अघिल्लो निर्वाचनको तुलनामा सिट संख्यामा भारी गिरावट आएको छ।
  • प्रचण्ड र महेन्द्र बहादुर शाहीले आफ्नो क्षेत्रमा जित हासिल गरेका छन्, तर अन्य क्षेत्रमा नेकपा पछि परेको छ।
  • विभिन्न क्षेत्रमा अन्य पार्टीका उम्मेदवारहरूले अग्रता लिएका छन्, जसले नेकपालाई थप चुनौती दिएको छ।

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा नेपाली कम्युनिस्ट पार्टीलाई ठुलो धक्का लागेको छ । २०७९ सालमा ३२ सिट जितेको नेकपाले यो पटक २ सिट जित्दा पाँच स्थानमा मात्र अग्रता लिएको छ। 

रुकुम पूर्व–१ मा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र कालीकोट–१ मा महेन्द्र बहादुर शाही विजयी भएका छन् । अपराह्न ५ बजेसम्म रोल्पा–१ मा वर्षमान पुन, डोल्पा–१ मा धनबहादुर बुढा, सल्यान–१ मा रमेश मल्ल, रुकुम पश्चिम–१ मा गोपाल शर्मा र सिन्धुपाल्चोक–२ मा युवराज दुलालले अग्रता कायमै राखेका छन्। 

रोल्पा–१, डोल्पा–१ र रुकुम पश्चिम–१ मा फराकिलो अग्रता लिइरहँदा सल्यान–१ र सिन्धुपाल्चोक–२ मा झिनो मतले नेकपाका उम्मेदवार अग्रस्थानमा छन् ।   

अघिल्लो निर्वाचनमा साविक माओवादी केन्द्रका खोटाङ–१ बाट रामकुमार राई, भोजपुर–१ बाट सुदन किँराती, मोरङ–४ बाट अमनलाल मोदी, काभ्रे–१ बाट सूर्यमान तामाङ, नुवाकोट–१ बाट हितबहादुर तामाङ, सिन्धुपाल्चोक–१ बाट माधव सापकोटा, सिन्धुली–२ बाट लेखनाथ दाहाल र दोलखा–१ बाट गंगा कार्की निर्वाचित भएका थिए ।

त्यस्तै, गोरखा–२ बाट प्रचण्ड, बागलुङ–२ बाट देवेन्द्र पौडेल, दाङ–२ बाट रेखा शर्मा, रुकुम पूर्व–१ बाट पूर्णबहादुर घर्तीमगर, रोल्पा–१ बाट वर्षमान पुन, कालीकोट–१ बाट महेन्द्रबहादुर शाही, जाजरकोट–१ बाट शक्तिबहादुर बस्नेत र रुकुम पश्चिम–१ बाट जनार्दन शर्मा र हुम्ला–१ बाट छिरिङ डम्डुल लामा विजयी भएका थिए ।

पछिल्लो चुनावी परिणाम अनुसार जाजरकोट–१, मोरङ–४, सिन्धुली–२, दाङ–२, बागलुङ–२ नेकपाले गुमाएको छ । रुकुम पूर्व–१, कालीकोट–१ सुरक्षित गरेको छ । रुकुम पूर्व–१ मा प्रचण्ड विजयी हुँदा कालीकोट–१ मा महेन्द्र शाहीले विरासत जोगाएका छन् ।  

अघिल्लो पटक जितेको खोटाङ–१ मा श्रम संस्कृति पार्टीका आरेन राई, भोजपुर–१ मा श्रम संस्कृतिकै ध्रुवराज राईले अग्रता लिएका छन् । मोरङ–४ मा रास्वपाका सन्तोष राजवंशी विजयी भएका छन् । काभ्रे–१ मा रास्वपाका मधुकुमार चौलागाईं, सिन्धुपाल्चोक–१ मा रास्वपाका भरतप्रसाद पराजुलीले अग्रता लिएका छन् । 

नुवाकोट–१ मा कांग्रेसका डा. प्रकाशशरण महत, दोलखा–१ मा रास्वपाका जगदिश खरेलले अग्रता लिइरहेका छन् । यसैगरी गोरखा–२ मा रास्वपाका कविन्द्र बुर्लाकोटी र हुम्ला–१ मा कांग्रेसका जयपति रोकाय झिनो मतले अगाडि छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप