महरले जोगाउन सकेनन् देउवाको किल्ला
सारांश
- डडेल्धुरामा ३४ वर्षपछि नेपाली कांग्रेसको विरासत ढलेको छ, जहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका डा. ताराप्रसाद जोशीले जित हासिल गरे।
- नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरले देउवाको किल्ला जोगाउन नसक्दा जोशीसँग ७ हजार १० मतको फराकिलो अन्तरले पराजित भए।
- देउवा २०४८ सालदेखि डडेल्धुरामा अपराजित रहेका थिए, तर यसपटक चुनावी मैदानमा नभएका कारण कांग्रेसले हार बेहोर्यो।
काठमाडौँ । नेपाली कांग्रेसको अभेद्य गढ मानिने सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा ३४ वर्षपछि कांग्रेसको विरासत ढलेको छ ।
प्रतिनिधि सभा निर्वाचन २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. ताराप्रसाद जोशीले ऐतिहासिक जित हासिल गर्दै कांग्रेसको किल्ला भत्काएका हुन् । देउवाले ७ पटक चुनाव जितेको उक्त स्थान जोगाउने जिम्मा नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरलाई दिएको थियो । महराले सो किल्ला जोगाउन सकेनन् ।
महरा ७ हजार १० मतको फराकिलो अन्तरले रास्वपाका जोशीसँग पराजित भए । जोशीले १९ हजार १३१ मत प्राप्त गर्दा महरले १२ हजार १२१ मतमा प्राप्त गरे ।
देउवा २०४८ सालदेखि डडेल्धुरामा नेपाली कांग्रेसबाट सदाबहार उम्मेदवार र अपराजित रहँदै आएका थिए । पूर्वप्रधानमन्त्री एवं कांग्रेसका पूर्वसभापति देउवा यसपटक चुनावी मैदानमा नभएका कारण त्यहाँ काँग्रेसले हार बेहोरेको हो । देउवालाई डडेल्धुराका जनताले २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ सम्म गरेर लगातार ७ पटक जिताएका थिए । देउवा सोही जनमतका आधारमा ५ पटक मुलुकको प्रधानमन्त्री र दुई कार्यकाल नेपाली कांग्रेसको सभापति बनेका थिए ।
‘जेनजी’ आन्दोलनका क्रममा आफ्नै घरमा सांघातिक आक्रमणको सिकार बनेका देउवा निर्वाचन अघि सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिबाट विस्थापित बने ।
विशेष महाधिवेशनबाट गगन कुमार थापा कांग्रेसको नेतृत्वमा आए पनि देउवाको डडेल्धुराबाट अन्तिम पटक चुनाव लड्ने इच्छा थियो । तर, उनले यसपटक चुनाव लड्ने अवसर पाएनन् । सोही कारण देउवा चुनाव अगाडि उपचारका लागि भन्दै सिंगापुर उडे । देउवा भोट हाल्न पनि फर्किएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जिम जाने र योगा गर्नेमध्ये को बडी फिट हुन्छन् ?
-
गगनले सम्झाएको २०१८ सालमा चितवनको गेष्टहाउस चौर घटना के थियो ?
-
सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन
-
अमेरिकी कम्पनीमाथि चीनको प्रतिबन्ध
-
हात्ती प्रभावित क्षेत्रमा कृषकको रोजाइ सुपारीखेती
-
कुनशानको पिरामिड आकारको अनौठो अपार्टमेन्ट भवन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण