इरान आक्रमणमा ज्यान गुमाएका श्रेष्ठको शव नेपाल ल्याइयो
शनिबार, २३ फागुन २०८२, २१ : १९
गोरखा । संयुक्त अरब इमिरेट्सको अबुधाबीमा इरानको आक्रमणमा परी ज्यान गुमाएका गोरखाको भीमसेन थापा गाउँपालिका-७ बोर्लाङ ठाँटीका दिवस श्रेष्ठको शव आज नेपाल ल्याएर अन्येष्टी गरिएको छ । नेपाली दूतावास अबुधाबीको पहलमा एयर अरेबियाको उडानमार्फत श्रेष्ठको शव नेपाल ल्याइएको हो ।
मृतकको शव पशुपति आर्यघाटमा आजै अत्येष्टी गरिएको भीमसेन थापा-७ का वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए । उनन्तिस वर्षीय श्रेष्ठको अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा परी गएको आइतबार निधन भएको थियो ।
अबुधाबीमा रहेको मिडिल इष्ट कम्पनीमा सुरक्षागार्डका रूपमा कार्यरत श्रेष्ठ तीनवर्ष अघि वैदेशिक रोजगारीको सिलसिलामा त्यहाँ गएका थिए । गत असोजमा नेपाल आएर उनी पुनःदुबई फर्किएका थिए । मृतक श्रेष्ठको बुवा, आमा र एक बहिनी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
-
भारततर्फको चिया निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण