मध्यपूर्वमा तनाव चर्किँद, इरानद्वारा इजरायल र अमेरिकी अड्डामा आक्रमणको दाबी
काठमाडाैँ । इरानले शनिबार इजरायल तथा मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै ठुलो आक्रमण गरेको दाबी गरेको छ । क्षेत्रीय युद्ध दोस्रो सातामा प्रवेश गर्दा तनाव झन् बढेको छ ।
इरानी सेनाले जारी गरेको विज्ञप्ति अनुसार इरानी नौसेनाले ‘ठूलो लहर’ मा आक्रमण गर्दै अमेरिकी सैन्य अड्डा तथा इजरायलका रणनीतिक स्थानहरूलाई निशाना बनाएको हो । यो जानकारी सरकारी समाचार संस्था इरानको आधिकारिक समाचार एजेन्सी मार्फत सार्वजनिक गरिएको थियो ।
विज्ञप्तिमा संयुक्त अरब इमिरेट्सको अल–मिन्हाद सैन्य अड्डा र कुवेतस्थित अर्को अमेरिकी सैन्य अड्डा लक्ष्य बनाइएको उल्लेख छ । साथै इजरायलको एक रणनीतिक संरचना पनि आक्रमणको निशानामा परेको दाबी गरिएको छ ।
पछि इरानको इस्लामिक क्रान्तिकारी गार्डले पनि संयुक्त अरब इमिरेट्सको अल–धाफ्रा हवाई अड्डामा आक्रमण गरिएको जनाएको छ । अर्धसरकारी समाचार संस्थाका अनुसार उक्त आक्रमणमा अमेरिकी वायुयुद्ध केन्द्र, उपग्रह सञ्चार केन्द्र, प्रारम्भिक चेतावनी रडार तथा फायर नियन्त्रण रडारहरू निशाना बनाइएका थिए ।
मध्यपूर्वमा व्यापक युद्ध फागुन १६ मा सुरु भएको थियो, जब अमेरिका र इजरायलले इरानमा हवाई आक्रमण गरेका थिए । उक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेई मारिएका थिए ।
त्यसयता इरानले इजरायल र क्षेत्रभर रहेका अमेरिकी हितहरूलाई लक्षित गर्दै क्षेप्यास्त्र तथा अन्य आक्रमणहरू गर्दै आएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण