आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
सारांश
- मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा उच्च चापीय प्रणाली र न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
- कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ।
- तराईका केही स्थानमा हुस्सु लाग्ने तथा रातिपनि केही स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ।
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ र बाँकी भूभागमा आंशिक बादल लागेको छ ।
आज दिउँसो देशको पहाडी र हिमाली भूभागमा भूभागमा साधरणतया बादल लाग्नेछ। देशको बाँकी भूभागमा आंशिक बादल लाग्ने छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। तराई भूभागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ।
आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। बाँकी भूभागमा आंशिक बादल लाग्ने छ । कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा र बागमती प्रदेशको पहाडी र हिमाली भूभाग तथा कोशी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । त
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बर्ड फ्लु’ सङ्क्रमण फैलिएको समयमा कुखुराको मासु र अण्डा खान हुन्छ ?
-
झापामा चट्याङ लागेर एक जनाको मृत्यु
-
मालवाहक ट्रकबाट १ लाख २० हजार प्रतिबन्धित औषधि ट्रामाडोल बरामद
-
सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन
-
समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गर्दै बागमती प्रदेश सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण