सिराहा १ बाट रास्वपाका बब्लु गुप्ता विजयी
आइतबार, २४ फागुन २०८२, ०८ : ०१
लहान । प्रतिनिधिसभा निर्वाचनमा सिराहा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बब्लु गुप्ता फराकिलो मतान्तरले विजयी भएका छन्। गुप्ता नेपाली कांग्रेसका उम्मेदवार रामसुन्दर चौधरीभन्दा ३१ हजारभन्दा बढी मतान्तरले विजयी भएका हुन्।
रास्वपाका उम्मेदवार गुप्ताले ४१ हजार ३२२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चौधरीले ९ हजार ७८४ मत प्राप्त गरेका छन्।
नेकपा एमालेका उम्मेदवार रामाशंकर यादवले ७ हजार ८८४ र नेपाली कम्युनिस्ट पार्टी नेकपाका उम्मेदवार रामचन्द्र यादवले २ हजार ८५३ मत प्राप्त गरेको क्षेत्र नम्बर १ का निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला
-
क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक कांग्रेसको विधानभन्दा बाहिरको व्यवस्था हो : वरिष्ठ अधिवक्ता पोखरेल
-
कोशी नदी किनारबाट १६८ केजी गाँजा बरामद
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने सवालमा देउवा–कोइराला पक्षको धारणा के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण