समानुपातिकमा अहिलेसम्म रास्वपालाई ५० प्रतिशतभन्दा बढी मत (विवरणसहित)
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेख्य मत प्राप्त गरेको छ । प्रत्यक्षतर्फ १०८ स्थानमा निर्वाचित भइसकेको रास्वपाले समानुपातिकतर्फ पनि गणना भएकामध्ये ५० प्रतिशत मत प्राप्त गरेको छ ।
निर्वाचन आयोगका अनुसार अहिलेसम्म २७ लाख ६१ हजार १५९ मत गणना भएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीले १३ लाख ८८ हजार ४२१ मत पाएको छ । गणना भएको मतको आधारमा यो ५० प्रतिशतभन्दा बढी हो ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ४ लाख ७१ हजार ३५५ मत पाएको छ । नेकपा एमाले ३ लाख ८० हजार ९३२ मतसहित तेस्रो स्थानमा छ ।
चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टीले एक लाख ८२ हजार ८३४ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख एक हजार २२४ मत पाएको छ ।
यसैगरी श्रम संस्कृति पार्टीले ५६ हजार ६०३, राष्ट्रिय परिवर्तन पार्टीले ३६ हजार ४८८, जसपा नेपालले २४ हजार २४२, जनमत पार्टीले १३ हजार १७८ मत प्राप्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हालान्डको दुई गोलमा नर्वेको रोमाञ्चक जित
-
भारतीय पर्यटकले पोखराका होटल भरिभराउ
-
दुई दशकदेखि बन्द हेटौँडा कपडा उद्योग ब्युँताउन पहल
-
बिरामीले सोधेः डाक्टरसाप, क्यान्सर निको भएपछि गर्भधारण गर्न मिल्छ ?
-
रास्वपा प्रथम महाधिवेशन : राेकिएकाे बन्दसत्र आज, प्रतिनिधि परिचयपत्र वितरण सुरु
-
हालान्डको दोस्रो गोल, सेनेगलविरुद्ध नर्वे ३–१ गोलले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण